Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२१:३८ बिहान
- ADVERTISEMENT -

भीमसेन पार्क जान पैदलमार्ग बनाइने

प्रकाशित मिति: २०७६ साउन १४, मंगलबार

1068
Shares

गोरखा, १४ साउन २०७६ । भीमसेन पार्कसम्मको पैदलमार्ग स्तरोन्नती हुने भएको छ । गोरखा नगरपालिकाले चालु आर्थिक वर्षमा उक्त पैदलमार्ग स्तरोन्नती गर्नका लागि १ करोड ५० रकम विनियोजन गरेको छ ।

पाटेचौर–रानिबन–पन्थेस्वाँरा –भिमसेन पार्क–गोरखा दरर्बार पर्यटकीय मार्ग निर्माणका लागि उक्त रकम विनियोजन गरिएको गोरखा नगरपालिकाले जानकारी दिएको छ । ‘हामी यसको डिपिआर बनाउँदै छौं’ नगरप्रमुख राजन राज पन्तले भने ‘सर्भे सकियो डिजाइनको काम पनि केही समयमै सुरु हुन्छ ।’

झण्डै ११ किलोमिटरको उक्त सडक निर्माणले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । ‘रानीबनको माथि भ्यू टावर हुन्छ, त्यही बाटो भएर पन्थेस्वाँराको होमस्टेसम्म पुग्न सकिन्छ’ उनले भने ‘गोरखा दरबारलाई आधार बनाएर आसपासको क्षेत्रमा पनि पर्यटक पु¥याउनु हाम्रो मुख्य उदेश्य हो ।’

उक्त मार्गले रानीबनमा बन्न लागेको पार्क, पन्तेस्वाँराको होमस्टे, कुहिरे भिरमा रहने भ्यु टावर, भिमसेन पार्क, गोरखा दरबार, गोरखनाथ गुफा, गोरखकाली मन्दिर, पुरातात्वीक जर्नेल धारा, हनुमान थान, गणेश थान लगायतका धार्मिक ऐतिहासिक र पर्यटकिय क्षेत्रलाई समेट्ने गोरखा नगरपालिकाले बताएको छ । ‘यति गरियो भने स्वदेशी तथा विदेशी पाहुनाको कम्तिमा एक दिन गोरखा बसाइ लम्बाउन सकिन्छ की भन्ने हो’ नगरप्रमुख पन्तले भने ‘यसले गोरखा नगरपालिकालाई मात्र नभइ समग्र जिल्लालाई नै राम्रो गर्छ भन्ने लाग्छ ।’

उक्त सडक निर्माण सुरु हुनु अघि सर्वपक्षिय बैठक राखेर आवश्यक छलफल गर्ने नगरपालिकाको योजना छ । पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको गोरखा नगरपालिकाले राष्ट्रिय विभूती भीमसेन थापाको पुख्यौली थलोमा पार्क बनाउनुका साथै सो क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिइरहेका छ । गोरखा धार्मिक, ऐतिहासिक एवं पर्यटकिय रुपले महत्वपूर्ण भएपनि घुम्ने ठाउँ प्रस्तत नहुँदा जिल्ला भित्रिने पर्यटकहरुलाई एक दिन पनि टिकाउन नसकिएको सरोकारवालाहरु बताउँछन् । गोरखा समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -