Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३८:४२ बिहान
- ADVERTISEMENT -

मेयर र उपमेयरले पनि स्वकीय सचिव राख्न पाउने

प्रकाशित मिति: २०७६ साउन ९, बिहीबार

979
Shares

पोखरा, ९ साउन २०७६ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐनमा ‘निजी सचिवालयको व्यवस्था’ भन्ने उपदफा थप गरिएको छ ।

महानगरका मेयरले राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरह र उपमेयरले राजपत्र अनंकित प्रथम श्रेणीको नासु सरहको स्वकीय सचिव राख्न पाउने भएका हुन् ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहहरु छन् । एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गण्डकीमा पर्छ । पोखरा महानगरपालिकाका मेयर र उपमेयरले मात्रै यो सुविधा पाउने सरकारले जनाएको छ ।

यसैबीच, प्रदेशका जनप्रतिनिधि र सांसदको सेवा सुविधा सम्बन्धि संशोधित प्रश्ताव प्रदेशसभामा पेस गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उक्त ऐन संशोधनका लागि प्रदेशसभामा पेश गरेका हुन् ।

यसअघि महानगरपालिकाका मेयर र उपमेयरले प्राविधिकबाट कर्मचारी भर्ना गरेर स्वकीय सचिवको रुपमा परिचालन गर्दै आएका थिए । ऐन संशोधन भएपछि सम्बन्धित स्थानीय तहले नै खर्च व्यहोर्ने गरी स्वकीय सचिवले सुविधा पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -