काठमाडौँ, साउन ७ गते मंगलबार । इकोको आर्थिक सहयोगमा, प्रयास परियोजना २ र सिरानचोक, भिमफेदी र ईन्द्रवती गाउँपालिकाको आयोजनामा स्थानीय विपद् प्रतिकार्यका लागि समन्वय तथा व्यवस्थापन सम्बन्धी तालिम संचालन आजदेखी काठमाडौँको साँखुमा सुरु भएको छ ।
भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदिम लामा, सिरानचोक गाँउपालिकाकी उपाध्यक्ष रीता देवकोटा , विपद् व्यवस्थापन केन्द्रिय विभाग, रेडक्रसका भोजराज धिमिरे र नन्दराम थपलिया , केएर नेपालका क्षमता तथा पैरवी विशेषज्ञ केशव दत्त भट्ट , स्वाँरा सघन गाउँ विकास केन्द, तथा प्रयास परियोजना २ का जिल्ला कार्यक्रम संयोजक अभिषेक ओझा लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
गोरखा, मकवानपुर र सिन्धुपाल्चोक तिन वटै जिल्ला समन्वय समितिका प्रतिनिधि सहित ३५ जनाले तालिममा सहभागीता जनाउनु भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीन तहको संरचना हुने भनी नेपालको संबिधान (२०७२) को धारा ५६ मा ब्यबस्था भए बमोजिम नेपाल राजपत्रमा प्रकाशित गरी कार्यन्वयनमा आएको ७४४ स्थानीय तहमध्ये गोरखा, मकवानपुर र सिन्धुपाल्चोक ३ वटै जिल्ला समाबेश गरी तालिम आयोजना गरीएको यो पहिलो तालिम रहेको स्वाँरा सघन गाउँ विकास केन्दका प्रयास परियोजना २ का संयोजक अभिषेक ओझाले जानकारी दिनुभयो ।









































