Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१३:१५ बिहान
- ADVERTISEMENT -

गोरखामा पहिलो पटक सूचनाको हकको प्रयोग गर्दै निवेदन, दिएको सूचना पनि अपूरो

प्रकाशित मिति: २०७६ असार २६, बिहीबार

993
Shares

गोरखा, २६ असार २०७६ । कार्यालयको सेवा प्रबाह बारे पत्रिकामा प्रकाशन गर्ने प्रयोजनका लागि जानकारी लिन गोरखामा पहिलो पटक सूचनाको हकको प्रयोग गरिएको छ । दरौंदी दैनिकका पत्रकार शिव उप्रेतीले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ४ प्रयोग गरेर भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रबाट अनुदान प्रदान गरिएका समूह, फर्म तथा सहकारीको विवरण माग गरेका हुन् ।

सूचना पार्टीमा टाँस गरेर सार्बजनिक गराउनु पर्ने सूचना समाचार प्रयोजनका लागि माग गर्दा कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले अस्वीकार गरेपछि सूचनाको हकसम्बन्धी ऐनको प्रयोग गरेर सूचना माग गरिएको उप्रेतीले जानकारी दिए ।

सूचना माग गरिएको केही समयपछि कार्यालय प्रमुख ठाकुरले यसअघि नै तयार गरेर राखिएको विवरणको फोटोकपी उपलब्ध गराएका थिए । आफूले काम गर्ने सँस्थाको परिचय पत्र देखाएर सूचना माग गर्दा नदिएपछि सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरिएको उप्रेतीले बताए ।

कार्यालय प्रमुख ठाकुरले माग गरिएको पूरा विवरण भने दिएका छैनन् । अनुदान लगेका फर्म, समूह तथा सहकारीले गरेको कामको प्रगति विवरण माग गरेपनि कार्यालय प्रमुखले सो बारे सूचना नदिएको उप्रेतीले बताए ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालयमा पनि सूचनाको हकको प्रयोग गरेर तालिमको भत्ता वितरण बारे जानकारी माग गरिएको थियो । तर समाचार प्रयोजनका लागि भने यो पहिलो पटक सूचनाको हकको प्रयोग भएको हो ।

सो कार्यालयमा सूचना अधिकारीको समेत व्यबस्था गरिएको छैन ।

कार्यालयको सबै गतिबिधि पारदर्शी हुने भएकाले सूचना लुकाउने प्रयास गर्न नहुने पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापाले बताए । ‘कार्यालयले गरेको सेवा प्रबाह बारे तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्नेमा सहज तरिकाले सूचना माग गर्दा पनि आनाकानी गर्ने प्रवृत्ति गलत हो’, थापाले भने, ‘पत्रकारले समाचार प्रयोजनका लागि सूचना माग गर्दा त यत्तिको बाधा अड्चन हुन्छ भने त्यो कार्यालयमा सर्वसाधारणको पहुँच कस्तो रहेछ भन्ने यही घटनाले छर्लङ्ग हुन्छ ।’ दरौदीमा खबर छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -