- ADVERTISEMENT -

तातोपानी कुण्डमा पुग्नका ज्याननै जोखिमा पारेर काठको साँघुबाट खोलावारपार गर्नुपर्ने बाध्यता

July 2, 2019
993
Shares
- ADVERTISEMENT -

म्यादी, १७ असार २०७६ । स्वदेशी एवम् विदेशी पर्यटक तातोपानी कुण्डमा पुग्नका याननै जोखिमा पारेर काठको साँघुबाट खोलावारपार गर्नुपर्ने बाध्यता छ ।

हिउँद होस् वा बर्षा पानीको उर्लदो बहाबसँगै जोखिम मोल्दै आवतजावत गर्नुपर्ने बाध्यता रहेको धौलागिरि आधार शिविर अन्तर्गत इटाली बेशक्याम्पका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । राउन्ड धौलागिरि पदयात्रामा पुगेका सयौं पर्यटक तातोपानी कुण्डामा पुगेर थकान मेटाउन चाहान्छन तर पक्की झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर भए पनि खोला वारपार गर्दछन् तिलिजाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

तातोपानी कुण्डमा पुग्नका लागि मात्र होइन धौलागिरि आधार शिविर पुग्ने सयौं पर्यटक जोखिम मोलेर पदयात्रा गर्दछन् । पदयात्राका दर्जन भन्दा वढी स्थानका खोलाहरुमा पुलको अभाव छ । पुलको अभावका कारण पर्यटकहरु जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको होेटल व्यवसायी तिलिजाले बताउनुभयो ।

हिमालको हिउँ पग्लीएर आउने खोलाहरु भएकाले हिउँदको समयमा खोलामा पानीको बहाव वढ्ने हुँदा खोला वारपार गर्न जोखिम हुने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘राउण्ड धौलागिरी पदयात्राका १५ स्थानमा पुलको आवश्यकता छ तर कँहिकतैबाट हाम्रो मागको सुनुवाई भएन, वर्षौंदेखि जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ’ तिलिजाले भन्नुभयो । धौलागिरि हिमालको आरोहणमा पुग्ने पर्यटकहरु पुलको अभावमा ज्यान जोखिममा पारेर वषौं देखि यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

पुल निर्माण गरी पदयात्रालाई सहज बनाउन सकेमा अहिलेको संख्या भन्दा तीन गुणा बढी पर्यटक राउण्ड धौलागिरिको पदयात्रामा आउने उहाँले बताउनुभयो । सम्बन्धित निकायमा पटक पटक पुलको माग गर्दा पनि कहिँकतैबाट सुनुवाई नभएको उहाँले दुखेसो पोख्नुभयो । दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भए पनि पुलको योजना परेमा आफूहरु श्रमदान गर्न तयार भएको बगराका स्थानीय तमबहादुर पुर्जाले बताउनुभयो । खोलाहरूमा पुल नहुँदा कतिपय पर्यटक विचबाटो बाटै फर्किने गरेको उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल भए पनि पदयात्रा सहज नहुँदा आशा गरिए अनुसारका पर्यटक आउन नसकेको धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

गाउँपालिकाको सिमित स्रोतसाधनले पुल निर्माण गर्न सम्भव नभएको उहाँले बताउनुभयो । एक स्थानमा मात्र पुल बनाउन पनि ३० देखि ३५ लाख रुपियाँ खर्च हुने भएकाले गाउँपालिकाको बजेटबाट संभव नहुँने उहाँको भनाई छ ।
पुल निर्माण गरिदिन पटक पटक संघिय सरकार सँग माग गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । पुल हाल्नुपर्ने स्थानहरूको पहिचान गरी माग गरेका थियौं गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो‘ वर्षौं देखिको हाम्रो माग सम्बोधन नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ ।’ पुल निर्माण गर्न माग पत्र सहित प्रदेश र संघीय सरकारलाई ध्यानकर्षण गराइएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

पदयात्राका १५ वटा स्थानमा पुलको आवश्यकता पहिचान गरिएको धौलागिरि गाउँपालिकाका असिस्टेन्ट सव इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । ‘कुन कुन स्थानमा पुलको आवश्यकता छ भनेर हामीले पहिचान पनि गरेका छौं ’ उहाँले भन्नुभयो ।

पदयात्राालाई सहज र सुरक्षित बनाउन ति स्थानहरुमा जसरी पनि पुल बनाउनुपर्ने देखिएको पौडेलको भनाई छ । उहाँका अनुसार रातोखोला, तातोपानी कुण्ड जाने म्याग्दी, झम्म्रुकोट , धाप्चा , कैचीविरै, तलित्रै खोला, हरथेवे, ठाडो ओडार, चौरवन , इटाली बेस क्याम्पको म्याग्दी खोला, स्वीस क्याम्प खोला र जापानीज वेशक्याम्प नजिक म्याग्दी खोलामा पुलको आवश्यकता छ । १२ स्थानमा झोलुङगे पुल र ३ स्थानमा साना कलबर्टको पहिचान गरिएको गाउँपालिका असिस्टेन्ट सव इन्जिनियर पौडेलले जानकारी दिनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -