- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रूपमा घोषणा गराउन सरकारसँग पटकपटक माग

June 28, 2019
1210
Shares
- ADVERTISEMENT -

ललितपुर, १३ असार २०७६ । दुई दशकअघिदेखि गोदावरीमा सञ्चालित युवा जागरण पर्यावरणीय मञ्चले ०७२ वैशाख ३ गते सर्वोच्च अदालतको परमादेशानुसार गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रूपमा घोषणा गराउन सरकारसँग पटकपटक माग गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जलधार क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रहेको तथा वातावरणीय दृष्टिकोणबाट अति रमणीय र प्रमुख धार्मिक क्षेत्र, जैविक विविधताको भण्डार, पक्षी अवलोकनको केन्द्रबिन्दु, किराफट्यांग्रा र जीवजन्तुको खुला संग्रहालय र पर्यटकको आवागमनको केन्द्रबिन्दु रहेको यस क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न मञ्चले माग गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

मञ्चले सो क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रूपमा विकास र घोषणा गराउन आफ्नो स्थापनाकाल ०५१ सालदेखि बेलाबेलामा हरेक वर्ष जुन ५ तारिख विश्व वातावरण दिवसका उपलक्ष्यमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक ज्ञापनपत्र बुझाएको मञ्चका अध्यक्ष डा. अष्टमान किसी महर्जनले जानकारी दिए । उनले भने, ‘गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रको रूपमा विकास गरी पदमार्ग निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०७६–७७ मार्फत रु. ५० लाख बजेट विनियोजन गरेको छ ।’ मञ्चले मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान प्रधानमन्त्री ओलीलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम गोदावरीलाई संरक्षण क्षेत्र घोषणा गराउन पत्राचार पनि गरेको महर्जनले बताए ।

महर्जनले भने, ‘गोदावरी फूल्चोकी जंगलले ५० वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । वन क्षेत्रभित्र कुनै पनि किसिमको निर्माण गर्नुपरेमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ । सोको प्रतिवेदन तयार गरी स्वीकृत भएपछि मात्र वन क्षेत्रभित्र निर्माण गर्न पाइन्छ ।’ मञ्च र फूल्चोकी एकीकृत विकास कार्यक्रमले गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रका रूपमा विकास गरी पर्यटक पूर्वाधार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयारी अन्तिम चरणमा पु¥याइसकेका छन् । क्षेत्र निर्धारण प्रतिवेदन तयारी तथा कार्यसूची निर्माणका लागि स्वीकृत पनि भइसकेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सर्वोच्च अदालतबाट आदेश भएअनुसार गोदावरी क्षेत्रलाई संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्ज या आरक्षण कुनै एक रूपमा विकास गर्नुपर्ने हुन्छ । ‘वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय यज्ञनाथ दाहाल र सिन्धुप्रसाद ढुंगानाबीच छलफल भएअनुसार स्थानीय तह, सामुदायिक वन र सरोकारवाला संघसंस्थाको स्वामित्व रहने गरी पर्यावरणीय पर्यटक क्षेत्र नै घोषणा हुनुपर्ने निष्कर्षमा हामी पुगिसकेका छौँ,’ महर्जनले भने, ‘गोदावरी क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रूपमा विकास गर्न नसकिने भएकाले पर्यावरणीय पर्यटक क्षेत्रबाहेक अन्य कुनै विकल्प नदेखिएकोमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको समर्थन पनि रहेको छ ।’

0

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com