२०८३ जेठ ५, मंगलबार
३:००:०५ राति
- ADVERTISEMENT -

पालुङटार नगरपालिकाको आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सार्बजनिक

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

2122
Shares

गोरखा, १० असार २०७६ । नेपालको ईतिहासमा राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गोरखा जिल्लाको पालुङटार नगरपालिकाको गरिमामय पांचौ वार्षिक नगरसभा सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम विधिवत रुपमा सार्बजनिक गरेको छ । पाचौ नगर सभाको नीति तथा कार्यक्रमको उद्दघाटन नगर प्रमुख तथा नगर सभाध्यक्ष ई.दीपक बाबु कंडेलले डिजिटल ब्यानर लाई रिमोटको बटन थिचेर उद्घाटन गर्नु भएको थियो ।

आगामी आ.व. २०७६/०७७ को लागि पालुङटार नगरपालिकाको नगर कार्यपालिका तथा सम्पूर्ण समिति लगायतलाई नीतिगत मार्गनिर्देशन र यस नगरसभामा आ।व। ०७६/७७ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न भएको थियो ।

आगामी आ.व २०७६/०७७ को लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा नेपालको संविधानमा उल्लेखित राज्यका नीति निर्देशक सिद्धान्त, नागरिकका मौलिक हक र दायित्व, स्थानीतर्फ यस सरकारका कार्यक्षेत्र भित्र रहेका एकल र साझा अधिकारका विषयहरु, नेपाल सरकारको चौधौं योजना र यसका प्राथमिकताहरु, स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरिएका प्रावधानहरु, संघीय सरकारवाट प्राप्त हुने सवै प्रकारका अनुदान र नीतिगत मार्गदर्शनहरु,प्रदेश सरकारवाट प्राप्त हुने अनुदान र बजेट तर्जुमाका आधारहरु, यस नगरपालिकाको आन्तरिक आय र प्राथमिकताका क्षेत्रहरु, नगरवासीका चाहना र संभावनाहरुलाई आधार मानि पालुङटार नगरपालिकाले ८ करोड ५४ लाख बरावर को बजेट प्रस्ताब पेश गरेको छ l

भौतिक पूर्वाधार तर्फ नगरपालिकालाई दीर्घकालमा प्रतिफल दिने प्रकृतिका आयोजनाहरु जस्तै बुउद्देश्यीय व्यापारिक भवन निर्माण, नगरपालिकाको अनुदान र समन्वयमा पर्यटन पूर्वाधार निर्माण, बसपार्कको निमार्ण र संचालन, लिगलिगकोटमा उपयुक्त आकारको दृश्वालोकन केन्द्रको निर्माण र संचालन, हाटबजार केन्द्रको संचालन, बसपार्क निर्माण र संचालन व्ववस्थित वस्ति विकासको कार्यक्रम,फोहोरमैला प्रशोधन केन्द्रको निर्माण गर्ने रहेको छ ।

त्यसैगरी, सामाजिक विकास तर्फ, समग्र शैक्षिक उन्नयनको माध्यवाट यस क्षेत्रकै शैक्षिक केन्द्र (Educational Hub) को रुपमा विकास गर्ने, नगरपालिका क्षेत्र भित्र रहेका सवै विद्यालय, स्वास्थ्य संस्थाहरुलाई प्रबिधिमा आधारित सूचना व्यवस्थापन प्रणाली (MS System) मा आबद्ध गरिदै लगिने, टहरोमा कक्षा संचालन गर्ने र खूला शौचालय उपयोग गर्ने अवस्थालाई अन्त्य गर्ने रहेको छ ।

यसै आ.व. देखि ECD र कक्षा १ मा अध्ययन गर्ने बालबालिकाको प्रति वालवालिका रु. पांच सयका दरले बिधार्थी ब्यबस्थापन अनुदान प्रदान गर्दै यसलाई क्रमिक रुपमा कक्षा ३ सम्म लागु गर्दै लगिने कुरामा जोड दिनुहुदै नगरपालिका भित्रका बिधालयहरुको मासिक रुपमा शैक्षिक् कार्य प्रगतिको प्रगति विवरण नगरपालिका तथा नगर शिक्षा कार्यालयमा पेश गरे पश्चात बिधालय तथा शिक्षकहरुको सेवा सुबिधा उपलब्ध गराईनेछ । साथै आवासीय बिधालयको भौतिक पुर्बधर निर्माण ग री संचालनमा ल्याईने छ ।

त्यसैगरी, आर्थिक विकास तर्फ नगरवासीहरुको जिविकोपार्जनको प्रमुख स्रोत कृषि पेशा नै रहेको र यसका लागि कृषि क्षेत्रको व्यवसायीकरण र वजारीकरणको जरुरी रहेको छ ।

नगरपालिकाको वडा नं ६,७, र ८ मा प्रचूर मात्रामा हुने लिचि, केरा लगायतका फलफूलको व्यवसायिक उत्पादन र सहज वजारिकरणमा यस वर्ष पनि थप कार्यक्रम संचालन गरिने र वडा  नं ९ मा निर्माण हुने शीत भण्डारको निर्माण कार्य तत्काल थालनी ग री तरकारी र फलफूलको गोदाम गर्ने व्यवस्थाको शुरुवात गरी अघि बढ्ने रहेको छ ।

वातावरण संरक्षण तथा बिपद व्यवस्थापन, संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासन, कृषि, पर्यटन, महिला तथा वालबालबालिका आदिमा बिशेस जोड दिनुहुदै नीति तथा कार्यक्रम सार्वजनिकरण गर्नुभयो |

कार्यक्रममा आ.व. २०७६/७७ देखि नगरपालिका क्षेत्र भित्र जन्मिएका बालबालिकाहरुलाई नगरपालिकाले रु १०००/- राखी खाता खोलिदिने कार्य अगाडि बढाउने भएको छ l

कार्यक्रममा नगर उप-प्रमुख एबं नगर सभा सदस्य तथा राजस्व संयोजक पम्फा बसेलले आ.व. मा बिभिन्न शिर्षकमा संकलन हुने अनुमानित राजस्व प्रस्तुतीकरण गर्नुभएको थियो l

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एव नगर सभा सचिब बिरेन्द्र देब भारती, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु , कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु तथा पत्रकारको उपस्थितिमा यस नीति तथा कार्यक्रमले समग्र पालुङटार नगरपालिकाको चौतर्फी बिकासको लक्ष्य पुरा हुने अपेक्षा लिई नीति तथा कार्यक्रम सार्बजनिकिकरण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -