- ADVERTISEMENT -
- ADVERTISEMENT -

गण्डकी प्रदेश सरकारले बिकासको योजनामा बिभेद गरेकोमा प्रदेशी यूबाको आरोप

June 22, 2019
1374
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, ७ असार २०७६ । गण्डकी प्रदेश सरकारले हाम्रो गाँउपालीका गण्डकी गाँउपालिकामा पारेका योजनाहरु देख्दा अत्यन्तै विभेदकारी लागेको छ ।

हामी साबिकका गाविस दर्बुङ, फुजेल,ताङगलिचोक वडा नं २/३/४ र ५ जुन दक्षिणी गोरखाको अत्यन्तै विकट र दुर्गम ठाँउहरुलाई उपेक्षा गरिएको विषयप्रति हाम्रो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको विषयबस्तु सम्पूर्ण माझ जानकारी गराउदछु ।

नेपाल कम्युनिस्ट पार्टीको भोट बैंकको रुपमा हेरिएको साबिकको घ्याल्चोक गाविस बाहेक प्रदेश सरकारको नजरमा अरु ठाँउमा विकाशका योजना नपर्नुले यो गण्डकी प्रदेश सरकार समानुपातिकता र समावेशी ढंगले विकाशलाई हेर्न नसकेको विषयबस्तु यहाँ हामीले प्रष्ट देखेका छौ ।

त्यसैले, आगामी दिनमा हामी सम्पूर्ण अपेक्षामा परेका वडाका जनप्रतिनिधी, राजनीतिक दल, बुद्दीजीवी, समाजसेवी, युवा र सम्पूर्ण सरोकारवालाहरुको खबरदारी यी र यस्ता विषयमा रहनु आजको आवश्यकता रहेको कुरा सम्पूर्णमा अवगत गराउदै विभेद गर्नेहरु विरुद्द आवाज बुलन्द पार्न प्रवास बाटै भएपनि हार्दिक अनुरोध गर्दछु ।

विराट खनाल (दर्बुङ)
हाल जापान
जय मातृभुमी…
जय नेपाल

विकाशको नाममा विभेद गर्न पाईदैन ।

हामीबाटै निर्वाचित प्रदेश सभा सदस्य (प्रतिनिधी) अब हामीलाई चाहिदैन ।

बिराट बाबु खनालको फेसबुकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -