- ADVERTISEMENT -

सात तले दरबार पुनर्निर्माण सुरु

June 21, 2019
1119
Shares
- ADVERTISEMENT -

नुवाकोट, ६ असार २०७६ । नुवाकोटको ऐतिहासिक सात तले दरबारको पुनर्निर्माण सुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सुरु भएको हो ।

पहिलो चरणमा यस वर्षको बर्खाबाट थप क्षति हुन नदिन दरबारको संरक्षण गर्ने कार्य थालिएको छ । त्यसका लागि दरबार वरिपरि ‘स्क्याफ्फोल्डिङ’ गरिएको छ । त्यसैगरी निर्माणका सामान राख्नका लागि अस्थायी टहरा बनाउन थालिएको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय एवं पुरातत्व विभागको सुपरीवेक्षणमा पुनर्निर्माण अघि बढ्नेछ । चिनिया कम्पनीले नेपाली कालिगढ तथा श्रमिकहरुलाई प्राथमिकतामा राखेर परिचालन गर्नेछ ।

काठमाडौं दरबार क्षेत्रमा अवस्थित नौ तले दरबार पुनर्निर्माणको कार्य गरिरहेको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले नै सात तले दरबारको पुनर्निर्माण गर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

तत्कालिन राजा पृथ्वीनारायण शाहले विक्रम संवत् १८१७ देखि २०१९ सम्मका अवधिमा काठमाडौं उपत्यकाबाट कालिगढ मगाएर यो दरबार बनाउन लगाएको बताइन्छ । नौ तले दरबारको दुई वटा तला विक्रम संवत १९९० सालको भूकम्पले झारिदिएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -