तनहुँ, २ असार २०७६ । आदिकवि भानुभक्त आचार्यको नाममा राखिएको भानु नगरपालिकाका कर्मचारीहरु कार्यालय समयमा ‘बिर्खे टोपी’मा सजिन थालेका छन् ।

भानुभक्त टोपीको रुपमा चिनिने ‘बिर्खे टोपी’ लगाउनुपर्ने नगरपालिकाले निर्णय गरेको हो ।

नगर कार्यपालिका बैठकले असार १ बाट लागू हुने गरी कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको थियो । सोही अनुरुप आइतबारदेखि बिर्खे टोपीमा सजिएर काममा खटिएका हुन् ।

आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदीरम्घामा जन्मिएका हुन् । उनैको नामबाट भानु नगरपालिकाको नामाकरण गरिएको हो । कार्यालय समयमा नगरपालिकाका कर्मचारीहरु निर्धारित पोशाकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अन्यथा हाजिरी समेत गर्न नपाउने नगरपालिकाले व्यवस्था गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्