२०८३ जेठ ३, आइतबार
६:१५:०५ बेलुका
- ADVERTISEMENT -

हिमालदेखि तराईसम्मका घरवास एउटै ग्रामीण पर्यटन मार्टमा

प्रकाशित मिति: २०७६ जेठ ३२, शनिबार

1976
Shares

पोखरा, ३२ जेठ २०७६ । नेपाल पर्यटन बोर्डको आयोजना एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह आयोजनामा पोखरामा शुक्रबारदेखि ग्रामीण पर्यटन मार्ट शुुरु भएका छ ।

गाउँ पर्यटनको प्रवद्र्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित मार्टमा हिमाल पारीको मुस्ताङदेखि तराईको जिल्ला नवलपुरसम्मको घरवासको सहभागिता रहेको छ । मुस्ताङको ठिनी सामूदायिक घरवासदेखि नवलपुरको दराई सामूदायिक घरवाससहित विभिन्न २०० भन्दा बढी घरवास व्यवस्थापकको सहभागिता रहेको दुईदिने सो मार्टमा विभिन्न ३५ घरवासले आफ्ना प्रचार सामग्रीसहित प्रदर्शनी कक्षसमेत राखेका छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो मार्टको उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेशमा हालसम्म २७३ घरवास सञ्चालनमा आएका बताइएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)का केन्द्रीय अध्यक्ष ध्रुव सिंखडाले घरवासको प्रभावकारी विकास गर्न सके ग्रामीण भेगका सर्वसाधारणका लागि आय आर्जनको महत्वपूर्ण आधार बन्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटकीय गाउँ र ठाउँलाई होमस्टेका माध्यमबाट आयआर्जनमा जोड्दै पर्यटकको बसाइ लम्ब्याउने खालको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेशमा होमस्टे प्रतिको आकर्षण बढ्दै गएकाले दिगो र संस्थागत विकास प्राथमिकतामा रहेको बताउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारी, रामबहादुर गुरुङ लगायतले होमस्टेको प्रवद्र्धनमा मार्ट बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्दै होमस्टे व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -