आदरणीय मेयर ज्यु,
नमस्कार

अर्जुन कटुवाल,डागीहाट मोरंग /हाल जापान
२०७६ साल जेठ २७ गते ।

शंखर पोख्रल या योगेस भट्टराईले जे भने र त्यो गर्नु या नगर्नु त्यो हाम्रो विषयको कुरा होइन तर कानुनको पालना गर्नुपर्छ भन्ने हाम्रो बिषयको कुरा हो |

नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता हु भनेर करोडौ खर्च गरेर कुनै पनि नागरिकलाई सिध्याउछु भन्नु लोकतान्त्रिक मुल्य मान्यता भित्र पर्छ मेयर ज्यु या ने क पा पार्टी ?

र यदि पाउदैन भने कारवाही गरिनु पर्छ कि डामेर छाडेको साढे झै कानुन बिपरित गएर आफ्नो इच्छाले जे गर्न नि पाउने, जे बोल्न नि पाउने भन्ने नयाँ सरकार को नयाँ लोकतान्त्रिक कानुन बनाउनु भयो ? नगर प्रमुख भएर नागरिक को हड्डी भाच्न करोडौ खर्चिछु भन्नु कस्तो अभिव्यक्ति हो ?

देशमा कानुन छैन या कानुनको घज्जी उडाको या त दुईतिहाई बहुमतको घमण्ड ? भ्रस्टाचार नभै कन पत्रकारले भ्रस्टाचार गरेको भन्ने कुरा यदि कुनै पत्रकार ले २ पैसाका निम्ति लेखेर कुनै व्यक्तिको मानहानी गर्छ भने कानुनी प्रक्रिया छ की छैन ? भ्रस्टाचार बिरुद्द लड्ने ज्ञानेन्द्र शाहीहरुलाई पक्राउ गरेर मानसिक यातना दिन सक्ने प्रहरी प्रशासन कर्मचारी कुट्ने , धम्काउने पत्रकारलाई लोप्पा खुवाउने नगर प्रमुखलाई हत्कडी सम्म पनि लगाउन सक्दैन यति कम्जोर छ प्रहरी प्रशासन ???

छोराभन्दा कम उमेरको भनि प्रश्नको उत्तर नदिन पाइन्छ ? यदि पाइन्छ भने भोलिदेखि कुनै राजनीतिक पार्टीका कार्यकर्ता या नेता या त मन्त्रीहरुलाई प्रश्न नै नगरौ |

जनताको करले पेट पालेको मेयर जनताका प्रश्न जनताका गुनासाहरुको को जवाफ दिनु आफ्नो कर्तब्य ठान्नु पर्छ कि पर्दैन ? भ्रस्टलाई कालोमोसो, टिन ठत्याएर नगर घुमाउछु भन्नु गलत होइन तर कानुनी राज्यमा कानुनी प्रक्रियाबाट जानु पर्छ |

रबि लामिंछानेसंग होस् या त ऋषी धमलासंग होस् झुक्नु पर्ने कुनै बाध्यता छैन तर कानुनसंग झुक्नु पर्छ र आदरणीय मेयर द्वारिका लाल चौधरी ज्यु कानुनसंग झुक्न सिक्नुस |

कानुनलाई आफ्नो हातमा लिने प्रयास नगर्नु होला । सहि खबर सम्प्रेसन गर्ने पत्रकारलाई स्वागत गरौ र गलत खबर सम्प्रेसन गर्ने पत्रकार लाई बहिस्कार गरौ |

कानुनी कठघरामा उभ्याउन मदत गरौ | तर दण्डित नगरौ त्यो तपाई हाम्रो काम होइन कानुन ले दण्डित गर्छ |

जय नेपाल .🇳🇵

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्