२०८३ जेठ ५, मंगलबार
३:०९:०१ राति
- ADVERTISEMENT -

स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1078
Shares

लमजुङ, २६ जेठ २०७६ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरिएको छ ।

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ ।

झ्याङखोलाको मोटरेवल पुल नहुँदा सवारीसाधनलगायत पैदलयात्रीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विषेशगरी झिङ्गे खोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको रु ११ लाख र श्रमदान रु एक लाख १० हजार गरी कूल रु १२ लाख १० हजारमा पुल निर्माण भएको निर्माण समितिका अध्यक्ष गोकुल रावलले बताउनुभयो ।

पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताउनुभयो । वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको बताउनुभयो ।

त्यसैगरी नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै रु ३० लाखको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -