टोकियो, २३ जेठ २०७६ । गल्कोट स्पोर्ट्स क्लब जापानको अधिवेशन जुलाई हुने भएको छ ।
आज शुक्रवार सम्पन्न बैठकले अधिवेशनको मिति सहित गएको अप्रिलमा सम्पन्न भएको पाँचौ मैत्रीपुर्ण भलिबल प्रतियोगिताको आय ब्यय पनि सार्वजनिक गरेको छ ।
सम्पन्न भलिबल प्रतियोगीतामा बिभिन्न १० टिमको सहभागिता रहेको प्रतियोगिताबाट सकलन गरिएको ४ लाख ५ हज़ार एन धुर्मुस सुन्तली फ़ाउन्डेशनद्रारा निर्माण धोषणा गरिएको गौतम बुद्व अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउनु धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिने भएको छ ।
कल्बका अध्यक्ष रत्नसिंह बस्तेतको अध्यक्षतामा बसेको बैठकले आगामी जुलाई १६ तारिक मंगलबार अधिबेशन गर्ने र सो अधिबेशन तयारीका लागी बिभिन्न उपसमितीहरु बनाएको छ ।
टोकियो ओमरी स्थित सारङ्गी रेष्टुरेन्टमा भएको बैठक पश्चात क्रल्बले जापान भ्रमणमा रहनु भएका गल्कोटे पुर्व भलिबल खेलाडी एव हालका चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल र गल्कोटमा रहेर लामों समय सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुराएका प्राज्ञिक ब्यक्तित्व नन्दराज तिमिल्सिनालाई एक समारोह माँझ सम्मान प्रदान गरेको छ ।
उहॉहरुलाई गल्कोट स्पोर्ट्स क्लब जापानका अध्यक्ष रत्नसिंह बस्नेत र गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापाले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कल्बका महासचिब लक्ष्मण कार्कीले क्लबको गतिबिधिहरुका बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रममा पर्यटन ब्यवशायी मेघ के.सी, गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापा, गल्कोट स्पोर्टस कल्बका संरक्षक गिरी शेरचन, एन आर एन ए जापानको सह कोषाध्यक्ष अनिल थापा, एनआर एन ए कान्तोका संयोजक नबिन निउरे, सल्लाहकार रामकृष्ण बम मल्ल, गल्कोट समाज जापानका उपाध्यक्ष कालिका थापा लगायत समाज र स्पोर्ट्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम गल्कोट स्पोर्ट्स क्लब टोकियोका सचिब दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।