पोखरा, २४ जेठ २०७६ । चालु र अघिल्लो आर्थिक वर्षकै नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै केही थपघट गरिएको छ । नीति तथा कार्यक्रममा यसपटक पनि पर्यटनलाई प्राथमिकतामा राखिएको छ । विद्युत खपतमा वृद्धि, प्रदेशको समृद्धि भन्दै उर्जालाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

गण्डकीलाई उज्यालो प्रदेश बनाउने यसअघिको घोषणालाई अन्तिम रुप दिने, विद्युत खपत बृद्धि गरी पेट्रोलिय पदार्थको आयतलाई प्रतिस्थापन गर्ने, उक्तरगंगा, बुढीगण्डकी, कालीगण्डकी लगायत ठूला र जलाशययुत्त जलविद्युत आयोजना निर्माणमा जोड दिइएको छ । खाद्यवस्तुमा शुद्धता, प्रदेश सरकारको प्रतिवद्धता भन्दै तीन वर्षमा मुख्य उत्पादनमा आत्मनिर्भर हुने र ५ वर्षमा खाद्यान्न उत्पादन दोव्वर बनाउने लक्ष्य लिइएको छ । एक पालिका– एक शीत भण्डार, एक पालिका– एक कृषि बजार, एक वडा–एक कृषि उपज संकलन केन्द्र कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

अवको अवस्था, व्यवस्थित बसोबास र भूमी व्यवस्था नारा दिदै कृषि, बसोबास, व्यवसायिक, औद्योगिक, वन र सार्वजनिक उपयोग क्षेत्रका जग्गाको नक्सांकन गरिने जनाइएको छ । जग्गाको चक्लाबन्दी र एकीकृत बस्तीमा जोड दिइएको छ । एक सहकारी एक उत्पादन पनि भनिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि, प्रदेशको समृद्धि भन्दै प्रदेश सरकारले उपभोग्य बस्तु र निर्माण सामाग्रीको उत्पादन बढाउने र प्रदेशको समृद्धिमा योगदान अभियानलाई अघि बढाइने उल्लेख छ ।

खाद्यवस्तुमा शुद्धता– हामी सबैको प्रतिवद्धताको राष्ट्रिय संकल्प पुरा गर्न आलीदेखि थालीसम्म–शुद्ध र स्वस्थ खाना, बधशालादेखि भान्सासम्म–शुद्ध, स्वच्छ र स्वस्थ मासु तथा गोठदेखि ओठसम्मम शुद्ध र स्वस्थ दुध कार्यक्रमलाई अभियानका रुपमा लैजाने भनिएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई स्याउको सुपरजोन बनाउने नीति लिइएको छ ।

एक घर एकधारा– प्रदेश सरकारको अभिभारा भनिएको छ । आधुनिक प्रविधियुक्त फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने, समृद्धिको लहर– आधुनिक र व्यवस्थित शहर, प्रदेशको धन–दक्ष जनशक्ति उत्पादन, खेलकुदको सम्मान–प्रदेशको पहिचान, भाषा संस्कृतिको सम्मान– प्रदेशका सान, सामाजिक सुरक्षामा सरकारको ध्यान, फ्रदेशको शक्ति स्वस्थ जनशत्ति विद्युतीय सुशासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।

एक स्थानीय तह, एक उद्योग ग्रामलाई निरन्तरता दिइएको छ । बृहत् पोखरा चक्रपथ र पोखरा–भीमाद–दुम्कीबास द्रुतमार्ग तथा शालिग्राम सांस्कृतिक कोरिडोरको डिपीआर र कार्यान्वयनमा लगिने जनाइएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

वैज्ञानिक व्यवस्थापनसहितको हरियो वन, स्वच्छ वातावरण स्वस्थ जीवन भन्दै वन क्षेत्रको व्यवस्थापन र समृद्धिका लागि वन कार्यक्रमलाई निरन्तरता दिइएको छ । एक गाउँ, एक पोखरी अभियान, जलवायु परिवर्तन अनुकुलित प्रदेश बनाउने नीति लिइएको छ । गुणस्तरीय भौतिक पूर्वाधार, प्रदेश समृद्धिको आधार भन्दै प्रदेश सरकारले ४ वर्षभित्र प्रदेश राजधानी पोखराबाट प्रदेशका सबै स्थानीय तहका केन्द्रलाई सडक संजालले जोड्ने भनिएको छ ।

एक निर्वाचन क्षेक्र एक सडक कार्यत्रमलाई निरन्तरता दिइएको छ । बृहत् पोखरा चक्रपथ र पोखरा–भीमाद–दुम्कीबास द्रुतमार्ग तथा शालिग्राम सांस्कृतिक कोरिडोरको डिपीआर र कार्यान्वयनमा लगिने जनाइएको छ ।

पर्यटन वर्ष अभियान सञ्चालन गर्ने भएको छ। त्यस्तै, सन् २०२२ सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, वन वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य, खेलकूद लगायत पक्षमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको छ।

पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको सरकारले गुरुयोजना तयार गरी स्पष्ट योजना सहित पर्यटन क्षेत्रको एकिकृत विकास गर्ने उल्लेख छ। गण्डकी प्रदेशलाई ‘पर्यटन हब’ र पोखरालाई नेपालको ‘पर्यटकीय राजधानीको रुपमा विकास गरिने प्रदेश प्रमुख कुँवरले नीति तथा कार्यक्रम मार्फत जानकारी दिए।

पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्न संघीय सरकार र अन्तर प्रदेश सहकार्यमा जोड दिइने सरकारको योजना छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्