२०८३ जेठ ५, मंगलबार
४:११:१९ बिहान
- ADVERTISEMENT -

मुक्तिनाथमा भारतीय तीर्थयात्री बढे

प्रकाशित मिति: २०७६ जेठ २२, बुधबार

879
Shares

बागलुङ, २२, जेठ २०७६ । पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् ।

मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ ।

भूकम्प गएको वर्ष सन् २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री झन् बढेका हुन्’, मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण सुवेदीले भने ।

गत वर्ष वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेका थिए ।मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्र मानिन्छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यात्सा) अर्थात् सय पानीका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिर शालिग्राम भगवानका कारण पनि प्रसिद्ध छ ।

सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महिनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए ।दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको सङ्ख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । ‘मुख्य याममा दैनिक ३०० सम्म भारतीय पर्यटक मुस्ताङ छिर्छन्’, कार्यालयका पर्यटन सहायक शिव पुर्जाले भने । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।

मुक्तिक्षेबारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सडक र अन्य सुविधाले पर्यटक बढेको बताए । ‘मुक्तिनाथको विकासमा अझ धेरै गर्न बाँकी छ’ उनले भने, ‘यसका लागि राज्यकै ध्यान जानुपर्छ ।’मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ ।

मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ ।त्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारको लागि तिब्बत गएको हुँदा मुक्तिनाथ बौद्धको पनि तीर्थस्थलका रुपमा प्रसिद्ध छ ।वर्षेनी असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा मुक्तिनाथमा पर्यटक र तीर्थयात्रीको घुइँचो लाग्छ ।

अन्य सयममा भने पर्यटक न्यून देखिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउँछ ।संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथ बढी चर्चित छ । मुस्ताङ र मनाङ जोड्ने थोरङ्ला भञ्ज्याङ पार गर्ने पर्यटक पनि मुक्तिनाथ भएर आउजाउ गर्छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -