Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:४९ बिहान
- ADVERTISEMENT -

दरौदी लिफ्टिङ खानेपानी आयोजनाको काम ८५ प्रतिशत सकियो

प्रकाशित मिति: २०७६ जेठ २०, सोमबार

980
Shares

गोरखा, २० जेठ २०७६ । दरौदी लिफ्टिङ खानेपानी आयोजनाको करिब ४८ सय घरधुरीलाई लक्षित गरी जिल्लामा निर्माण भइरहेको दरौदी को ८५ प्रतिशत काम सम्पन्न भएको छ । ‘सम्प वयल र ट्याङकी निर्माणको काम सकियो,’ उनले भने, ‘पाइपलाइनको काम पनि करिब अन्तिम चरणमा पुगेको छ ।’

पम्पहरुको डिजाइन चेन्ज भएकाले आवश्यक पम्पहरु मगाइएको उनले बताए । यही आउँदो दशैसम्ममा पानी चढाउने लक्ष्यका साथ बिजुली जडानको तयारी भइरहेको उनको भनाइ छ ।

सदरमुकामको खानेपानी समस्या न्यूनिकरण गर्ने उदेश्यले आयोजना निर्माण गरिएको हो । आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताउनु भयो ।

आयोजना अन्तरतग साना ठूला गरी २५ भन्दा बढी ट्याङकी निर्माण भएका छन् । उक्त ट्याङकीहरु २५ देखि ६ सय घनमिटर क्षमताका छन् ।

सबैभन्दा ठूलो ६ सय घनमिटर क्षमताको ट्याङकी गोरखा नगरपालिका-३ घलाङमा निर्माण भएको काफ्लेले बताउनु भयो । ‘त्यहा पानी प्रशोधन केन्द्रसहितको ट्याङकी बनाएका हौ, ठाउँठाउँमा ट्याङकी बनाएर पाँच ठाउँमा पानी लिफ्ट गर्छाै,’ उनले भने । जरेवर स्थित दरौदी नदीबाट पानी लिफ्ट गरिने उनले जानकारी दिनुभयो  ।

आयोजना निर्माण भएपछि दैनिक ३० लाख लिटर पानी आपूर्ती हुनेछ । गोरखा नगरपालिकाको वडा नम्वर ३ देखि ९ सम्मका स्थानीयहरु आयोजनाबाट लाभन्वित हुनेछन् ।

आयोजना निर्माणका लागि २०७४ असार २७ गते तुदी रमन जेभीसँग ठेक्का सम्झौता भएको थियो । ०७७ असार २७ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि समय अगावै काम सम्पन्न हुने आयोजना प्रमुख काफ्लेले दावी गर्नु भयो ।

चार हजार ८५४ धारा जडान गरिने छ । तर, आयोजनाले सिधै उपभोक्तालाई पानी वितरण नगर्ने काफ्ले बताउछन् । ‘जिल्ला सदरमुकाममा रहेका बिभिन्न खानेपानी उपभोक्ता समितिलाई हामी बल्कमा पानी दिन्छौं, उहाँहरुले खपत गरे अनुसार हामीलाई रकम बुझाउनुहुनेछ र उपभोक्तालाई समिति आफैले पानी वितरण गरेर महशुल उठाउनुहुन्छ,’ उहाले भन्नु भयो  ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन बिभाग काठमाडौंको सुख्खा क्षेत्र कार्यक्रम अन्तरगत निर्माण भइरहेको आयोजनाको कुल लागत भ्याट बाहेक ३७ करोड ३७ लाख रहेको छ ।

आयोजना निर्माण भएसँगै जिल्लामा टट्कारो रुपमा देखिएको खानेपानी अभावको समस्या हल हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -