- ADVERTISEMENT -

पालुङटार नगरपालिकामा हेलो मेयर आजदेखि संचालनमा

June 2, 2019
1620
Shares
- ADVERTISEMENT -

गोरखा, १९ जेठ २०७६ । पालुङटार नगरपालिकाको समग्र विकासका लागि सम्पूर्ण पालुङटारबासी तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको सल्लाह, सुझाब, राय, गुनासो सिधै नगर प्रमुखसंग राख्नको लागि जेष्ठ १९ गतेदेखि पालुङटार नगरपालिकाले हेलो मेयर कार्यक्रम शुरु गरेको छ ।

आफ्नो टोल तथा छर छिमेकमा भइरहेका विकासको कार्यक्रम, सार्बजनिक सस्थाको कार्यक्रम, बिधालय, स्वास्थ्य सस्था लगाएत सम्पूर्ण पालुङटारका सार्बजनिक हितका बिषयहरुमा खबरदारी सहित आवश्यक रचनात्मक सुझाब दिन सकिने नगरपालिकाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

गुनासोकर्ताको हरेक गुनासोप्रति नगर प्रमुखले गुनासो सुनेर तत्काल कार्यन्वयनमा जानको लागि सहज हुने अपेक्षा नगर प्रमुख ई। दीपक बाबु कंडेलले लिनु भएको छ । जसको लागि नगरपालिकाले नि:शुल्क टोल फ्री नं १६६०६४४२००२ मा सम्पर्क गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

उक्त नि:शुल्क टोल फ्री मा फोन गरी जनताले आफुलाई लागेको सल्लाह, सुझाब तथा गुनासो राख्न सक्नुहुनेछ ।

सल्लाह, सुझाब तथा गुनासो रेकर्ड हुनेछ र रेकर्डलाई नगर प्रमुखले सुनेर सल्लाह, सुझाब तथा गुनासोको जवाफ दिनुहुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -