२०८३ जेठ ३, आइतबार
६:२५:५२ बेलुका
- ADVERTISEMENT -

लमजुङको पर्यटन संग्रहालय : संगहालयमा बिदाको दिन पर्यटकको घुइँचो  

प्रकाशित मिति: २०७६ जेठ १८, शनिबार

947
Shares

लमजुङ, १८ जेठ २०७६ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साबिक उत्तरकन्या गाविस, तत्कालिन जिविस र स्थानीयको सक्रियतामा झण्डै १२ लाख बढिको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाईएको हो । क्वहोलासोँथार गाउँपालिका–३, घलेगाउँमा रहेको यस संग्रहालयको २०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन् ।

सार्वजनिक बिदाको दिनमा पर्यटकको घुइँचो लाग्ने पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताउनुहुन्छ ।उहाँका अनुसार संग्रहालय अवलोकनका लागि प्रति नेपाली पर्यटकले २५ रुपैयाँ र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्छ ।‘संकलित पैसा संग्रहालयकै व्यवस्थापनमा खर्च हुँदै आएको छ,’ उनले भने ।

घलेगाउँमा आएर पर्यटन संग्रहालयको अवलोकन गर्न पाउँदा खुशी मिलेको राजेन्द्र बोहोराले बताउनुभयो ।‘यहाँ आएर पुराना महत्वपूर्ण चीजहरु हेर्न पाउँदा खुशी लाग्यो । यो संग्रहालय अध्ययन–अनुसन्धान गर्नेहरुको लागि पनि महत्वपूर्ण हुन सक्छ,’ संग्रहालयमा भेटिनुभएका उनले भने ।१ सय २० घरधुरी रहेको घलेगाउँमा अहिले ३४ घरले घरमा होमस्टे सञ्चालन गरेका छन् ।

पर्यटकको रोजाइमा संग्रहालय

पर्यटन संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्यूसम्मका कार्यमा आवश्यक पर्ने सामाग्रीका साथै दैनिक जीवनमा प्रयोग हुने औजारहरु राखिएको छ । हस्तकलाका सामाग्री बुन्न प्रयोग हुने सामाग्रीहरु राखिएका छन् ।संग्रहालयमा तमू भेषभूषा, लत्ताकपडा, हस्तकलाका सामाग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरु, ऊनबाट निर्मित राडीपाखी लगायतका सामाग्री राखिएको घलेगाउँ सञ्चालन समितिका अध्यक्ष गंगा उनले बताए ।

सार्क राष्ट्रकै नमूना गाउँको रुपमा परिचित घलेगाउँ अहिले ‘स्मार्ट भिलेज’को रुपमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्दै अघि बढिरहेको छ । गाउँमा दिनहुँ सर्यौँ आन्तरिक तथा बाह्य पर्यटक पुगिरहन्छन् ।

घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, पर्यटन संग्रहालय । घलेगाउँ पुग्ने पर्यटकहरु पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालयित’ बन्छन् ।

घलेगाउँ आउने पर्यटकको पहिलो रोजाई नै पर्यटन संग्रहालय बनेको पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका सचिव उमल विकले बताए ।   ‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाई नै पर्यटन संग्रहालय बन्न पुगेको छ । संग्रहालयमा पुगी फोटो खिच्ने र खिचाउनेको भीड नै लाग्ने गर्दछ,’ उनले भने, ‘संग्रहालयमा आउने पर्यटकमध्ये १५/२० प्रतिशत पर्यटक अध्ययन–अनुसन्धान कै लागि आउने गरेको पाएका छौँ ।’

हराउँदो गुरुङ सँस्कृति संरक्षणका लागि संग्रहालय हराउँदो गुरुङ सँस्कृति संरक्षणका साथै पर्यटक तान्नका लागि संग्रहालय बनाईएको क्वहोलासोँथर गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -