- ADVERTISEMENT -

‘संविधानले दिएको अधिकारमा संघ र प्रदेशले हस्तक्षेप गरेको छ’ : मेयर दिपकबाबु कँडेल

June 1, 2019
1455
Shares
- ADVERTISEMENT -

१८ जेठ २०७६ ।

गोरखाको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले संघ र प्रदेशले कुनै न कुनै बहानमा हस्तक्षेपकारी भूमिका खेलेकाले स्थानीय तहलाई कार्य सम्पादनमा समस्या सिर्जना भइरहेको छ बताउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

पालुङटारलाई ‘इकोनमिक हव’ बनाउने योजनालाई मूर्त रुप दिन लागिपरेका मेयर कँडेलका नगर विकासका योजनाहरु के के छन् ? स्थानीय तहको कानुनको खाका समेत नबन्दा के कस्ता कानुनी जटिलता देखिएका छन् ? यिं र यस्तै विषयमा उनै मेयर कँडेलसँग मेयर खवरका लागि शिव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौ ।

१ नगरप्रमुख, तपाई खुसी हुनुहुन्छ, जनता खुसी छन् भन्ने आधार के छ ?

हिजो बनेका बाटाको स्तरोन्नती, शिक्षा, स्वास्थ्य र सामाजिक सुधार गरेकाे जनताले अनुभुती गरेका छन् , तर सोचेजस्तो परिणाम निकाल्न सकिएको छैन । सिमित स्रोत साधन र बजेटको यथोचित उपयोग गरेर जती गर्न सकिन्छ हामिले त्यति नै गरेका छौं ।

२  ऐतिहासिक, राजनीतिक, धार्मिक महत्व बोकेको नगरपालिकाको हाल मेयर हुनुहुन्छ, अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

ऐतिहासिक मठ मन्दिरको संरक्षण गरेका छौं । नगरपालिका हुँदा के–के चाहिन्छ भन्ने थाहा नभएका हामिले नगरपालिकासम्म पुग्ने बाटो बनाएका छौं । खेलकुद पर्यटक प्रवद्र्धनमा लागेका छौं । हामिसँग भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर जनतालाई केहि परिवर्तनको अनुभुति गराएका छौं ।

३ स्थानीय तहमा,  जनप्रतिनिधि विहीन, छायाँ दलिय संयन्त्रले काम गरिरहेको अवस्थामा जननिर्वाचित भएर आइसके पछि सहज/असहज कस्तो भइरहेको छ ।

आजसम्मा खासै त्यस्तो असहज अवस्था भएको  छैन । अब राजनीति गरेको आधारमा योजना बन्दैन आवश्यकताका आधारमा योजना बन्छ । राजनीतिका आधारमा उपभोक्ता समिति बन्दैनन् कामका आधारमा विल भुक्तानि गर्ने योजना बन्दछन् । हिजो कर्मकाण्डीय रुपमा २० प्रतिशत काम पूरा गरेर पूरै रकम माग्ने गरिन्थ्यो, अव त्यस्तो हुदैन । अहिल्यै सत् प्रतिशत सुधार भइसक्याे भन्न सक्दैन तर हिजोको जस्तो बदमासी गर्न पाउदैनन् ।

४ तपाई पेशाले इन्जिनियर,  भौतिक पूर्वाधारको नक्सा बनाउने मेयर आज समग्र नगरको नक्सा बनाउदै हुनुहुन्छ । प्राविधिक अध्ययनले मेयरको भूमिका निर्वाह गर्नलाई के-कति सहयोग गरेको छ ?

आजको दिनमा मेयर पद राजनीतिक सामाजिक सेवाको पाटो हो । इन्जिनिरिङ पेसा हो । प्राविधिक अध्ययनले मलाई नगर विकासका कार्यहरु सम्पन्न गर्न केहि सहज बनाएकाे छ ।

५ स्थानीय निकाय, संघ र प्रदेशविच एक प्रकारको अन्तरद्वन्द्व जस्तो देखिन्छ । स्थानीय तहको कानुनको खाका समेत नबन्दा के कस्ता कानुनी जटिलता देखिएका छन् ?

संविधानले प्रदान गरेको अधिकारमा संघ र प्रदेशले कुनै न कुनै बाहानामा हस्तक्षेप गरेको छ । कानुन नबनेर एउटा समस्य छ, नियतको समस्या, पुरानो संस्कारबाट आएकोले केहि न केहि स्वार्थ लुकेको छ, त्यो पनि समस्याको रुपमा देखिएको हो ।

६  सुशासनलाई हेर्दा तपाईले के कस्ता चुनौतिहरु देख्नु भएका छ ?

सुशासनकाे पाटाेमा धेरै चुनौतिहरु छन् । हाम्रा सबै वडामा सचिवहरु छैनन् । सचिवहरु करारमा राखेका छौं । नगरको ७ वटै वडामा एकिकृत कर लागु गरेका छौं । जसले जुन काम गर्नु पर्ने हो त्यो काम त्यसैले गर्नु पर्छ । स्थानीय तहमा संघ, प्रदेश सरकारले गरेको हस्तक्षेपकारी भुमिका खेलेको छ त्यसले अलि गाह्रो पारेको छ ।

७ तपाइको समय आजसम्म कर्मचारी, कार्यालय व्यवस्थापन यिनै काममा समय वित्यो । अव के काम गर्नुहुन्छ ?

मेरो नगरपालिकामा नेपालको सबै भन्दा ठूलो टार पालुङटार छ । त्यहाँ केहि उव्जनी हुँदैन, त्यो अनुर्वर क्षेत्रमा ‘इकोनमिक हव’ बनाउने भनेर लागेका छौं । हामीले नगरका विभिन्न क्षेत्र छुट्याएका छौं, फलफूल, खेतीबाली, शिक्षा, भौतिक विकासमा केहि परिवर्तन ल्याउछौं । हरेक वडामा शैक्षिक क्षेत्रसँगै प्राविधिक क्षेत्र निर्माण गर्ने तयारीमा छौं । हाम्रा ७ वडामा कुन ठाँउमा के उत्पादन गर्न सकिन्छ त्यसको पहिचान गरेर त्यसमा लगानी गर्छौ । दुग्ध क्षेत्र, अर्गानिक क्षेत्र, फलफूल क्षेत्र, औधोगिक क्षेत्र, हामीले यहि वर्ष देखि सुरु गरिसकेका छौं । हामीसँग त्यति धेरै लगानी गर्नसक्ने बजेट छैन । तर अहिले हामिले बनाएका योजनाको जगमा काम गर्न पछि आउने मेयरलाई सजिलो हुनेछ ।

८ तपाईले स्वार्थको कुरा गर्नु भयो, स्थानीय, संघ र प्रदेशमा सबै जननिर्वचि हुनुहुन्छ । यसमा फरक के छ ?

स्थानीय तहमा जनताको जुन सामिप्यता छ त्यो प्रदेश, संघमा त्यति छैन । हामिले जनतासँग बसेर बनाएका योजनालाई प्राथमिकताको आधारमा गरौं भन्ने मात्रै हो । संघ, प्रदेश जहाँ सुकैको किन नहोस् जनतासँग पहिलो सम्बन्ध स्थानीय तहकै हुन्छ । त्यहि स्थानीय तहलाई मध्यनजर गरेर, छलफल गरेर प्राथमिकताका आधारमा योजना बनोस् भन्ने चाहना हो ।

९ आजको दिनमा जनताको जनप्रतिनिधिसँग धेरै अपेक्षा छ । संघ, प्रदेशलार्ई आरोप लगाएर उम्किन पाउनु हुन्छ ?

हामीलाई विकासकै लागि जनताले चुनेर पठाएका हुन् । हामीसँग भएको स्रोत साधन अनुसार काम गरेका छौं । स्थानीय तहमै भर्ना गरेर सचिव, इन्जिनियर नियुक्त गरेका छौं । संघले यस्तो नगर भन्छ । हामीले गर्ने काममा अंकुस लगाईरहेको छ । हामीले काम त गर्नुपर्याे नि, त्यसको लागि जनशक्ति चाहियो । सरकारले नयाँ जनशक्ति पठायो भने हामी करारमा राखेकालाई पठाईदिन्छौं । करारमै कर्मचारी नियुक्त गरेर भएपनि हामिले जनताको काम रोकेका छैनौं ।

१० तपाईको कार्यकालको अन्त्यसम्म जनताले देख्न सक्ने पाँच ओटा काम जनतालाई भनिदिनु न ?

सामुदायिक विद्यालयमा विद्यार्थीको बृद्धि हुनेछ । सबै वडा कार्यलयमा यातायातको सम्पर्क स्थापित भएको हुनेछ । कृषि स्वआर्जन कोष बनाएका छौं । खेलकुद र पर्यटनको विकास हुनेछ । सबैमा स्वास्थ्य सेवाको पहुँच पुगेकाे हुनेछ ।

अमुल्य समयको लागि ध्नायाबाद । मेयर खबर

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -