विराटनगर, १७ जेठ २०७६ । जीपी कोइराला फाउन्डेशन प्रदेश १ ले विराटनगर-७ स्थित कोइराला निवास परिसरमा पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको नाममा ‘संग्राहालय’बनाउने भएको छ ।

कुल चार करोड खर्च गरेर निर्माण हुने संग्राहालय चार तल्लाको हुनेछ । स्वर्गीय कोइरालाले सुत्ने ओछयानदेखि निजी जीवनमा प्रयोग गर्ने सबै सामग्री संग्राहलयमा प्रर्दशनीमा राखिने जनाइएको छ । त्यस्तै विदेशी राष्ट्रअध्यक्षसँग खिचेका फोटो, लत्ताकपडालगायतका सामग्री राख्ने बताइएको छ । अध्यक्ष सुजाताले संग्राहलयमा पिताजी कृष्णप्रसाद कोइरालाका पाँच छोरा मातृक, वीपी, केशव, गिरिजा र तारणीप्रसादका सबै सामग्री प्रर्दशनीमा राखिने बताइन् ।

फाउन्डेशनका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले बिहीबार संग्राहालय भवनको शिलन्यास गर्नु भयो । ,‘स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सबै वस्तु संग्राहालयमा राखिने छ ।’’ फाउन्डेसनकी अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दाबी गर्दै उनकै सम्झनामा संग्राहालय निर्माण हुन लागेको बताइन् । प्रदेश सरकारको ४०, समाजिक विकास मन्त्रालयको २० र विराटनगर महानगरको १५ लाख रूपैयाँको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिएको छ । शिलान्यासका क्रममा उनले भनिन् ।

कांग्रेस प्रमुख सचेतक केदार कार्की र विराटनगरका मेयर भीम पराजुलीले संग्रहालयको निर्माणमा सहयोग गर्ने बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लालदासलगायतले कोइरालाको जीवनमा आधारित संग्राहलय निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।

प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्राहलय अवलोकन गर्न विदेशीहरू पनि आउने उनको दावी छ । फाउन्डेशनका प्रदेश १ अध्यक्ष इन्दिरा थापाले आगामी दुई वर्षभित्रै संग्राहलय निर्माण गरिसक्ने बताइन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्