२०८३ जेठ ५, मंगलबार
१०:११:३८ बिहान
- ADVERTISEMENT -

पालुङ्टार नगरपालिका-७ च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ जेठ ११, शनिबार

1086
Shares

गोरखा, ११ जेठ २०७६ । पालुङ्टार नगरपालिका-७ च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पालुङ्टार नगरपालिकावडा नं-७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा गोरखाको पालुङ्टार नगरपालिका- ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य समिति, वडा खोप समन्वय समिति, साझेदार निकायसंग समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नगर स्वास्थ्य अधिकृत प्रदीप कुमार यादवले खोप सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको औचित्यको बारेमा प्रष्ट्याउँदै च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले वडा नं।-७ भित्रका जन्मेदेखि १५ महिनासम्मका ११२ जना बालबालिकाहरुले खोपको सवै मात्रा पाएकाले यस वडा पूर्णखोपयुक्त वडा भएको समेत जानकारी गराउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बुद्धिजिवी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । साथै अन्तरक्रियाबाट वडाका वोटगाउँ, माझिगाउँ, बगर क्षेत्रलाई लक्षित गरी एक खोप केन्द्र थप गर्ने निर्णय समेत गरिएको छ । खोप केन्द्र थप गर्दा आवश्यक सामग्रीहरु वडा कार्यालय, नगरपालिका तथा नगर स्वास्थ्य कार्यालयबाट माग गर्ने समेत निर्णय गरिएको छ ।

वडाका च्याङ्ली स्वास्थ्य चौकीमा ४ गते र खत्रीटार शहरी स्वास्थ्य केन्द्र र नागरिक सचेतना केन्द्र अवण्डामा ५ गते गरी दुई दिन ३ वटा खोप केन्द्रहरु सञ्चालन भइरहेका छन् ।

१५ महिना मुनिका बालबालिकाहरुका लागी विभिन्न प्रकारका ११ वटा खोप लगाउनुपर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -