२०८३ जेठ ५, मंगलबार
९:५२:०७ बिहान
- ADVERTISEMENT -

डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग

प्रकाशित मिति: २०७६ जेठ ९, बिहीबार

1326
Shares

गोरखा, ९ जेठ २०७६ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो क्षेत्र वरपर उपयुक्त जग्गाको पहिचान गरी प्रभावितलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका हुन् । आयोजनाले केही दिनअघि मात्र घाटबेसीका पूर्ण विस्थापित परिवारको पुनःस्थापनका लागि सोही वडाको कोटाले चौर क्षेत्रको जग्गा रोक्का गरेको जानकारी आएको भन्दै उक्त क्षेत्र पुनर्वासका लागि उपयुक्त नभएको प्रभावितले बताएका छन् ।

वडाध्यक्ष वासु थापाले भने, ‘भौगोलिक हिसाबले पनि कोटाले चौर उपयुक्त छैन, आयोजनाले प्रभावित क्षेत्रका जनतासँग छलफल गरेर त्यसको टुङ्गो लगाउनु आवश्यक छ ।’ उनले डुबान क्षेत्रका जनतालाई पायक पर्ने स्थानमा पुनर्वास गर्दा प्रभावितलाई समेत सजिलो हुने भएकाले सो क्षेत्र नजिकै कतै विकल्प खोज्नुपर्नेमा जोड दिए ।

आफूहरुका लागि साविकको बोर्लाङ–७ महादेवटारमा पर्ने टाँडबिसौना र टाउकेस्वाँरा क्षेत्र नै पुनःस्थापनाका लागि उपयुक्त हुने स्थानीय बलराम ढकालले बताए । ‘कम्तीमा विद्यालय, खानेपानी, सडक र स्वास्थ्य संस्थाको पहुँच भएको क्षेत्रमा पुनःस्थापना गर्नु उचित हुन्छ’, उनले भने, ‘आयोजनाले प्रभावित क्षेत्रका जनताको मर्म र भावनालाई पनि बुझ्न सक्नुपर्छ ।’

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले गोरखातर्फका केही ठाउँको मात्र जग्गा रोक्का गर्नुुलाई आयोजनाको पक्षपाती निर्णय भएको बताए । उनले पुनर्वासका लागि गोरखा र धादिङ गरी ४४ स्थानको जग्गा पहिचान गरेको भए पनि एकतर्फी रुपमा प्रभावितसँग छलफल नै नगरी नौ ठाउँको जग्गामात्र रोक्का गर्नु सकारात्मक काम नभएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -