afhf aHg] 9'Ëfdf ko{6s DofUbLsf] cGgk"0f{ ufpFkflnsf–# bfgfsf] sfe|]df /x]sf] gf}dtL afhf aHg] 9'Ëfdf cjnf]sg ub}{ cfGtl/s ko{6s . o; 9'Ëfdf gf}dtL afhfsf] ljleGg afhfsf] cfs[ltdf ahfpFbf afhfsf] h:t} b'?:t} cfjfh lg:sg] u5{ . t:jL/M sdn vqL, /f;;, a]gL -DofUbL_

म्याग्दी, ६ जेठ २०७६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

अग्लो पहाडमा नौमती बाजाका आकृति रहेको उक्त स्थानलाई प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको छ । दुईवटा दमाहा, एउटा ढोलक र एउटा ट्याम्को बाजाको आकृति रहेको ठाउँमा कुनै वस्तुले हान्दा आकृति अनुसारको आवाज निस्कने गर्छ ।

‘पहाडमा रहेका आकृति अनुसारको आवाज निस्कनु आफैमा नौलो हो, पहाडमा नौमती बाजाका सनही, नरसिंहा, कर्नाल बाजाको समेत आकृति देखिन्छ’, यस क्षेत्रका बारेमा प्रचारप्रसार गर्नका लागि सक्रिय रहका स्थानीयले भने ।

सयौँ वर्ष अगाडि रुप्से झरनामा रहेका भूमे देवताले स्थानीय नौमती बाजा टोलीका बाजालाई पहाडमा रुपान्तरित आकृतिको रुप बनाइदिएको किंबदन्ती छ । अहिले पनि लामो खडेरीका समयमा उक्त स्थानमा पूजा गरेमा पानी पर्ने गरेको स्थानीयवासी बूढापाका बताउँछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्