- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिरानचोक गाउँपालिका वडा नं ७ मा डस्विन वितरण

May 14, 2019
2059
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, २०७६ साल बैशाख ३१ गते मंगलबार । सिरानचोक गाउँपालिका वडा नं ७ मा रहेको दलित बस्तीमा फाेहाेर व्यवस्थापन गर्न सहजीकरण स्वरुप डस्विन वितरण गरिएको छ । आर्थिक बर्ष २०७५\०७६ बाट बिनियाेजित रकमबाट दलित लक्षित कार्यक्रम अन्तर्गत दलित बस्तीमा डस्विन वितरण गरिएको थियो ।

घरबाट निस्कने फोहर, घरमा नै व्यवस्थापन गर्न सजिलो होस् भनी सबैलाई सजिलोको लागि डस्विन वितरण गरिएको वडा अध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो । साथै २०७५\०७६ बाट बिनियाेजित रकमबाट खहरेदेखि भालुस्वारा, केराघारी, अर्कुलसम्म सम्पूर्ण बस्तीमा सरसफाई अभियान सहित डस्विन वितरण गरिने आगामी चरणको कार्यक्रम रहेको उहाले जानकारी दिनुभयो

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रममा श्रीनाथकोट दलित सेवा समितिका सल्लाहकार संयोजक अनिल बि.क ,अध्यक्ष रन बहादुर बसेल , उपाध्यक्ष राम्जी परियार , दलित महिला वडा सदस्य पुर्णेमाया नेपाली र वडा अध्यक्ष सुरज ढकालले  मन्तब्य राख्नु भएको थियो ।

दलित चेतनामूलक तथा सर- सफाइ कार्यक्रम अन्तर्गत वडा अध्यक्ष सुरज ढकालको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com