२०८३ जेठ ५, मंगलबार
३:०६:०३ राति
- ADVERTISEMENT -

सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु

प्रकाशित मिति: २०७६ वैशाख ३१, मंगलबार

1808
Shares

काठमाडौंँ, ३१ वैशाख २०७६ । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् । विश्वको चौथो अग्ला शिखरमध्ये ल्होत्से चौथो स्थानमा पर्छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ अग्ला हिमालमध्ये नेपालमा आठ वटा हिमाल रहेका छन् । ल्होत्सो आरोहणका लागि १० आरोही समूहका ९२ आरोही गएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

यसैगरी पाँचौँ अग्लो मकालु (८,४६३ मि) हिमालको पनि आज सफल आरोहण भएको छ । सेभने समिट ट्रेकबाट गएका पाँच शेर्पा मकालुको सफल आरोहण गरेका हुन् । कम्पनीका अध्यक्ष मिङमा शेर्पाले दिएको जानकारीअनुसार शेर्पा आरोही मकालु आरोहणका लागि डोरी टाँग्न चुचुरोमा गएका थिए । केही दिनअघि अन्नपूर्ण हिमालको आरोहण भएको थियो तर, कति आरोही चुचुरोमा गए भन्ने यकिन जानकारी प्राप्त भएको छैन । अन्नपूर्णको आरोहणसँगै यो यामको हिमाल आरोहण शुरु भएको थियो ।

संसारकै आकर्षण सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै शेर्पा समूह चुचुरो नजिक पुगेका छन् । यो यामको सगरमाथा आरोहणका लागि एक्सिपिडिसन अपरेटर्स एशोसिएशनबाट गएका आठ शेर्पा डोरी टाँग्न सगरमाथाको चुचुरो नजिक पुगेका हुन् । सगरमाथाको बाटो पहिल्याउँदै गएका आठ शेर्पाको टोली दुई दिनदेखि सगरमाथाको साउथ कोल (८००० मि. उचाइ) मा छन् । मौसमले साथ दिए आजै सगरमाथाको चुचुरो (८,८४८ मिटर) मा पुगेर डोरी टाँग्ने सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“शेर्पा समूह हिजो साउथ कोल पुगेर समिटको प्रयासमा थिए । मौसमले साथ दिए आज चुचुरोमा पुगेर डोरी टाँग्ने सम्भावना छ, आज साँझसम्म परिणाम आउँला”, श्रेष्ठले भन्नुभयो । शेर्पाले टोरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खुल्नेछ । अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा रहेका छन् । सामान्यतया मे महीनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

पर्यटन विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यो याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यो याममा हिमाल आरोहणबाट करीब ५० करोड रोयल्टी जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४३ करोड ८९ लाख २७ हजार रहेको छ ।

यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को आठको शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो । सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ । सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने गरेको आरोही बताउँछन् ।

आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ । अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गरे ।

सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ । त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ । आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ । सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सन् २०१७ मा ३८ आरोही समूहका ३७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -