२०८३ जेठ ३, आइतबार
५:२६:५७ बेलुका
- ADVERTISEMENT -

गण्डकी प्रदेश समृद्ध बन्छ – मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ वैशाख ३०, सोमबार

1070
Shares

चिप्लेढुङ्गा, वैशाख ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

सङ्घीयताले दिएकोे अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ ।”

उहाँले भन्नुभयो, “हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन् । देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ । विस्तारै अघि बढ्छाँै । ढुक्क हुनुहोस् । हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ ।” मुख्यमन्त्री गुरुङले प्रदेशको एक मात्र शालिग्राम उत्पादन गर्ने महत्वपूर्ण कालीगण्डकी नदीको डाइभर्सन गरेर तल्लो तटीय क्षेत्र सुक्खा बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रलगायत सम्पूर्णको साझेदारी आवश्यक रहने बताउनुभयो ।

गण्डकी प्रदेशका लेखा नियन्त्रणक जयराम पौडेलले प्रदेशको कूल रु २४ अर्ब दुई करोड बजेटमा चालू बजेट जम्मा रु आठ अर्ब ११ करोड र पूँजीगततर्फ रु १५ अर्ब ९१ करोड रहेको जानकारी दिनुभयो ।

त्यसमध्ये चालू बजेटतर्फ रु दुई अर्ब ४५ करोड (३० प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ३४ करोड (१५ प्रतिशत) खर्च भएको भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि वैशाख २५ गतेसम्म कूल रु चार अर्ब ७९ करोड (२० प्रतिशत) मात्रै बजेट खर्च भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले लगानीका क्षेत्रमा देखिएका चुनौती नहटेसम्म समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सङ्घीयताको भावनाअनुरुप सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले विकासका कार्ययोजना प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -