तनहु, २९ बैशाख २०७६ । काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलद्वारा तनहुमा बिधाथीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको छ । उहाले आफ्नो गृहजिल्ला तनहुँका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन ।

आइतवार तनहुँ जिल्ला म्याग्दे ४ स्थित तीन वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
पौडेलले गणेश माध्यमिक विद्यालय, मणि प्रा वि र कालिका प्रा विका विद्यार्थीहरूलाई स्कुल ब्याग र कापीकलम वितरण गर्नु भएको थियो ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य पौडेलले म्याग्दे ७ रानीस्वाँरामा सामुदायिक भवनको निर्माणका लागि ५० बोरा सिमेन्ट समेत वितरण गरेका छन् ।










































