Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४८:२८ दिउँसो
- ADVERTISEMENT -

केशरमहलमा भ्रमण वर्ष २०२० को सचिवालय : धमाधम सजाइँदै छ ऐतिहासिक भवन

प्रकाशित मिति: २०७६ वैशाख २९, आइतबार

1850
Shares

काठमाडौं, २९ बैशाख २०७६ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय ठमेलस्थित केशरमहलमा रहने टुंगो लागेसँगै उक्त ऐतिहासिक भवनलाई धमाधम सिंगारिँदै छ ।

सचिवालयका लागि घर भाडामा लिन सूचना जारी गरेको सचिवालयले अन्ततः केशरमहलको पुस्तकालयमा बस्ने निर्णय गरेपछि रंग रोगन शुरू गरिएको हो ।

अहिले सचिवालयका लागि उपलब्ध भवनलाई सजाउने काम धमाधम भइरहेको छ । शताब्दी पुरानो ऐतिहासिक स्थलमा सचिवालय राख्दा नेपाली सम्पदाको संरक्षण हुने भएकाले केशरमहल रोजिएको भ्रमण वर्षका संयोजक सुरज वैद्यले बताउनु भयो । बि स २०७२ सालको महाभूकम्पले पुस्तकालयको पछाडिको भवनमा धेरै क्षति पुगेको थियो । उक्त भवन बस्न नमिल्ने अवस्थामा छ । तर, सचिवालयका लागि उपलब्ध गराइएको भवन बस्नलायक रहेकाले सचिवालयलाई प्रयोग गर्न दिइएको केशर पुस्तकालयले जानकारी दिएको छ ।

सचिवालयलाई उपलब्ध गराइएको भवनमा स्वर्गीय केशरसमशेर राणाले प्रयोग गरेका दराज, कुर्सी, टेबलदेखि शताब्दी पुराना विभिन्न सामग्री राखिएका छन् ।

ती वस्तुहरू आफैंमा पर्यटकीय महŒवका भएकाले तिनको संरक्षण आवश्यक भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनु भयो ।

उक्त स्थानलाई भ्रमण वर्षको सचिवालय बनाउँदा यसको ऐतिहासिक पक्ष थप उजागर हुने उहाको बुझाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -