२०८३ जेठ ५, मंगलबार
४:०७:०९ बिहान
- ADVERTISEMENT -

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ –मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

1398
Shares

पोखरा , २८ बैशाख २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ ।

करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबास नगरपालिकाले शुक्रबार आयोजना गरेको मेयरकप खेलकूद प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पार्नुभएको हो ।

“गण्डकी प्रदेशको सबैभन्दा महत्वपूर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङदेखि त्रिवेणीसम्म कालीगण्डकी नदीको किनारैकिनार भएर जान्छ ।” उहाँले भन्नुभयो, “अब वारिपारी भनेर विवाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।”

प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङदेखि त्रिवेणीसम्मै सडक बनाउने प्रस्ताव अघि बढाएको र यस वर्ष विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने काम अघि बढाइएको उहाँको भनाइ थियो । शालिग्राम करिडोर सम्पन्न गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने तर आवश्यक परेको अवस्थामा प्रदेशले समेत लगानी गरेर भए पनि सम्पन्न गराइछाड्ने उहाँको भनाइ थियो । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउनेतर्फ पनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहो¥याउनुभयो । उहाँले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्य नदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भन्नुभयो । “कालीगण्डकीको तल्लो तटीय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्नँ”, “यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ ।”

सांसद पदम गिरीले यातायातमा रहेको सिन्डिकेट र अहिले भइरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भइरहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -