२०८३ जेठ ५, मंगलबार
८:५२:४४ बिहान
- ADVERTISEMENT -

खुम्बुमा ५६ हजार पर्यटक

प्रकाशित मिति: २०७६ वैशाख २६, बिहीबार

1302
Shares

सोलुखुम्बु, वैशाख २६ गते । विश्वकै पर्यटनको केन्द्रका रूपमा रहेको सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा यस वर्ष करिब ५६ हजार पर्यटकले भ्रमण गरेका छन् । नाम्चेमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पिक सिजन र आरोहण सिजनमा विभिन्न देशका गरी ५६ हजार ४८५ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् । यो सङ्ख्या गएको वैशाखदेखि चैतसम्मको हो ।

बितेको एक वर्षमा कात्तिकमा सबैभन्दा बढी १२ हजार ४४९ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको छ । तथ्याङ्क अनुसार गत वैशाखमा विभिन्न देशका सात हजार ७६७ जना र सार्क क्षेत्रबाट ८३१ जना, जेठमा अन्य देशबाट दुई हजार १९७ र सार्क क्षेत्रबाट ४९५ जना, असारमा अन्य क्षेत्रबाट ३४२ जना र सार्कबाट आठ सय जना, अन्य देशबाट साउनमा ४२६ जना र सार्कबाट २१ जना, भदौमा अन्य देशबाट एक हजार ११४ र सार्कबाट ३४ जना, असोजमा अन्य देशबाट ११ हजार १६१ जना र सार्कबाट २३८ जना विदेशी पर्यटक खुम्बुक्षेत्र प्रवेश गरेका छन् । त्यस्तै, कात्तिकमा अन्यदेशबाट १२ हजार ४४९ र सार्कबाट ५३८, मङ्सिरमा अन्य देशबाट तीन हजार ९९४ जना र सार्कबाट १०८, पुसमा अन्य क्षेत्रबाट दुई हजार १०८ जना र सार्कबाट १३६ जना, माघमा अन्य देशबाट एक हजार ९५ जना र सार्कबाट तीन जना, फागुनमा अन्य देशबाट दुई हजार ७७८ जना र सार्कबाट ७६ जना र चैतमा ७ हजार ८०९ जना र सार्कबाट ३९८ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

कात्तिकबाट नेपालीलाई पनि दर्ता गर्न थालेपछि तथ्याङ्क आउन थालेको छ । कात्तिकदेखि चैतसम्म ४२९ जना नेपाली पनि खुम्बु पुगेका छन् । अहिले आरोहण सिजन चलिरहेको छ ।
आरोहण सिजनमा भित्रिएका पर्यटकको सङ्ख्यासँग तुलना गर्दा यस वर्षमा कम पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ । आरोहण सिजनको माघ, फागुन र चैतसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्ष १४ हजार १३७ जना पर्यटक भित्रिएका थिए भने यस वर्षको सिजनमा ११ हजार ८८३ पर्यटक भित्रिएका छन् ।

प्रतिकूल मौसम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका कारण रामेछापबाट उडान गर्नुपर्दा अपायक भएकाले पनि आरोहण सिजनमा पर्यटकको आवागमन घटेको अनुमान गरिएको छ । अहिले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा उडान हुँदै आएको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -