गोरखा, बैशाख २४ २०७६ । भिमसेन थापा गाउँपालिका वाड नं ४ चौतारा स्थित शिव मन्दिरको उद्घाटन सम्पन्न भएको छ ।

बि स २०७२ सालको बिनासकारी भुकम्पबाट भत्किएर जीर्ण मन्दिरको नवनिर्मित भबन गाउँपालिका प्रमुख ईश्वर पाण्डे र उपप्रमुख बिनु वाग्लेले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।

गाउँपालिकाको आर्थिक सहयोग रु एक लाख र देश बिदेशमा रहेका स्थानिय व्यक्तिहरुको आर्थिक सहयेगमा रु तिन लाख पचास हजार गरि जम्मा (४५०,००००)चारलाख पचास हजारमा निर्माण सम्पन्न भएको हो ।
आज एक समारोहका बिचमा मन्दिरमा एक दिने श्रीमद भागबत पुराण आयोजना गरी मन्दिरमा पुजा शुभारम्भ गरिएको हो ।

सोही अबसरमा स्थानिय भक्तजनहरुको बाक्लो उपस्थित सहित सोहि समारोहमा गाउँपालिका प्रमुख, उप-प्रमुखद्वयले पूजा अर्चना गरेर मन्दिरको उदघाटन गरिएको समाजसेवी एवम् स्थानिय शिक्षक राजेश भट्टले जानकारी दिनुभयो ।









































