बुटवल, २१ बैशाख २०७६ । सबल नेपाल मिडिया प्रा लि स्थापनाको ८ औं बर्षमा प्रबेश गरेको छ ।
मोफसलाई केन्द्र बिन्दु बनाएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आईरहेको सबल नेपाल साप्ताहिकले ८ औँ वार्षिक उत्सब भैरहवामा रहेको श्री सत्य शाही बृद्धाश्रममा मनाएको हो ।
दिनदु:खीहरुको सेवामा समर्पित सवल नेपाल मिडिया प्रा.लि. बिगतका बर्षदेखी नै सामाजिक कार्यमा अग्रसर रहदै आइरहेको छ । बिगतका बर्षहरु झैँ यस बर्षपनि सबल नेपाल मिडिया प्रा. लि.द्वारा सन्चालित सबल नेपाल साप्ताहिकले भैरहवाका करीब २० जना बृद्धा आमाबुवाको बिचमा आफ्नो वार्षिक उत्सब मनाएको छ ।
मिडियाले थोरै धेरै आर्थिक रकम खाधान्न सामाग्री सहयोग गरेको सबल नेपाल साप्ताहिकका प्रधान सम्पादक एबम सबल नेपाल मिडिया प्रा.लि.का अध्यक्ष अमृत पाण्डेले जानकारी दिनुभयो ।
उहांले सबल नेपाल सदैब दिनदु:खीहरुको सेवासंगै समाजिक कार्यमा अग्रसर रहिरहने र एउटा छुट्टै पहिचान बनाएर संचार जगतमा होमिने समेत बताउनुभयो । साथै उहांले ८ बर्षको समयसम्म सदैब साथ एबम हौसला प्रदान गर्ने विज्ञापनदाता शुभेच्छुक , सहकर्मी , पत्रकार मित्र एबम समस्त देश विदेशमा रहनु भएका नेपाली पाठक बर्गमा बिशेष आभार समेत ब्यक्त गर्नुभयो ।
देश विदेशमा रहनु भएका नेपाली दाजुभाइहरुलाई लक्षीत गरेर सन्चालनमा ल्याएको आफ्नो डिजिटल अनलाइन पोर्टल सबल पोस्ट डटकम मार्फत स्थानिय , राष्ट्रिय र अन्तरराष्ट्रिय सत्य तथ्य घटना , सुचना सामाग्री प्रकाशन गर्दै आइरहेको छ ।