काठमाडौं, २०७६ साल बैशाख २० गते शुक्रबार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरेको बताएका छन् ।

उनले सबै कर्मचारीहरुको गुनासो वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताए ।

शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाइको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे ।

सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । त्यहीकानुन व्यवस्था अनुसार, कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको मन्त्री पण्डितको भनार्इ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासन तर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको पनि जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्