- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटारको फोहोर उठ्ने पक्का

April 29, 2019
791
Shares
- ADVERTISEMENT -

गोरखा, १६ बैशाख २०७६ । पालुङटार नगरपालिकामा जटिल समस्या बन्दै गएको फोहरमैलाको उचित व्यवस्थापन हुने भएको छ । पालुङटार नगरपालिकासँगको सहकार्यमा छायाँ नेपालको सहयोगमा पालुङटार नगरपालिकामा नेपाल मै पहिलो पटक जैविक फोहरलाई २४ घण्टामा कम्पोष्ट मल बनाउने मेसिन राखिने भएको छ ।

फोहरमैलाको व्यबस्थापन उचित व्यवस्था नहुँदा पालुङटारका मुख्य बजार र बस्तिहरुमा स्थानीयले समस्या भोग्दै आउनुपरेको छ । विगत लामो समय देखि फोहरमैला व्यबस्थापन गर्न उचित जग्गाको प्रबन्ध नहुदाँ नगरपालिकाको फोहर उठ्न सकेको थिएन ।

- ADVERTISEMENT -

Advertisement

छायाँ नेपालको सहयोगमा लिगलिग ग्रुप अफ इन्भेष्टमेन्ट कम्पनी प्रा।लिले नगरपालिका भरीको फोहरमैलाको व्यबस्था गर्ने जिम्मा पाएको छ ।

ट्रन्सपोर्ट साइटको फाइनल भईसकेकाले आवश्यक पूर्वाधार निमार्ण गरि यहि जुन ५ तारिकबाट पालुङटार नगरपालिकाका मुख्य बजार क्षेत्रको फोहोरमैला उठाई प्रशोधन गरिने भएको छ । प्रारम्भिक चरणमा पालुङटार नगरपालिकाको वडा नं ५ र वडा नं ४ का केहि स्थानमा फोहरमैला नियमित रुपमा संकलन हुने लिगलिग ग्रप अफ इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक किरण गिरीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

फोहरमैला संकलनमा जानु अघि स्थानीयलाई फोहरको वर्गीकरणमा जनचेतनामुलक कार्यक्रमहरु ग्रिने गिरीले बताउनु भयो । यस्तै पालुङटार नगरपालिकासँग सहकार्य गरेको छायाँ नेपालले ६ महिनाको लागि स्थानीय साझेदारी संस्था लिगलिग ग्रुप अफ इन्भेष्टमेन्ट कम्पनी प्रालि लाई फोहरमैला संकलन, जनचेताना, प्रशोधन र व्यवस्थापनमा सहयोग गर्ने छायाँ नेपालका वतावरण अधिकृत राम महर्जनले बताउनुभयो ।

यसै विचमा छायाँ अष्ट्रिया, छायाँ स्वीट्जरल्यान्ड र ल्किन सिटी प्रा.लि का दाताहरुले पालुङटारको भ्रमण गरीसकेका छन् । फोहरलाई मोहर बनाउनका लागि अब छिट्टै पालुङटार बासीले नगरपालिकालाई सहयोग गर्नुपर्ने पालुङटार नगरपालिकाकी उप प्रमुख पम्फा बसेलले बताउनु भयो ।

त्यस्तै, छोटो समयमै कम्पोष्ट मल बन्ने भएकाले यो परियोजना मार्फत किसानहरुलाई कृषी गर्नका लागि थप प्रोत्साहन हुने नगरपालिका प्रमुख ई.दीपक बाबु कंडेलले बताउनु भयो ।
नेपालका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, कृषी जस्ता क्षेत्रमा काम गरेको छायाँ नेपालले पालुङटारमा भने प्राथामि स्वास्थ्य केन्द्र र फोहरमैला व्यबस्थापनमा काम गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -