Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:५२ दिउँसो
- ADVERTISEMENT -

पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक

प्रकाशित मिति: २०७६ वैशाख ९, सोमबार

1035
Shares

सुर्खेत, बैशाख ९

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा(कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ। पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो।

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा ४ लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

‘पर्यटन आगमन सर्वेक्षण २०७५ अनुसार आन्तरिक पर्यटक चालू आवमा करीब ११ प्रतिशत वृद्धि भएको छ,’ मन्त्री बुढाले भने, ‘यो आवको वैशाखसम्म बाह्य पर्यटकको संख्या ३४.२ प्रतिशत वृद्धि भएको पाइएको छ ।’

‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ मूल नारा बनाएर अघि बढेको प्रदेश सरकारले विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने आधार स्थापित गरेको उहाँले बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभागको तथ्यांकअनुसार सबैभन्दा हुम्लामा १७ हजार ४८९ बाह्य र त्यसमा भारतीय पर्यटक भित्रिएको जानकारी दिनुभयो । सबैभन्दा कम ७ जना बाह्य पर्यटक जाजरकोटमा आएको सचिव प्रधानले बताउनुभयो ।

प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा रु ७८ लाख १६ हजार ९६ खर्च भएको उल्लेख गरिएको छ। सरकारले नीतिगत रूपमा मन्त्रिपरिषद्बाट गरेको निर्णयका आधारमा ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा बजेट खर्च भएको पर्यटन मन्त्रालयले दाबी गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -