गोरखा, ७ बैशाख २०७६ । (International Girls in ICT Day 25th April) को सन्दर्भमा नेपाल दुरसंचार प्राधिकरण (NTA) को सहकार्यमा, Maxtech Study & Services काठमाडौँ र संचारिका समुह लमजुङको समन्वयमा र पालुङटार नगरपालिकाको आयोजनामा १ दिने “सूचना प्रविधिमा महिला सहभागिता (Girls in ICT)” अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिका का उप प्रमुख पम्फा बसेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो |

सुचना प्रबिधि अधिकृत अशोक कुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारति, लेखा अधिकृत दिपेन्द्र अर्याल, रोजगार अधिकृत बिबेक पण्डित लगायतको उपस्थिति रहेको थियो |

कार्यक्रममा प्रत्येक वडा बाट १ जना महिला जनप्रतिनिधि, प्रत्येक मा.बि. बिधयालयबाट २ जना छात्रा बिधार्थीहरु र १ जना महिला शिक्षक, साथै विभिन्न क्लबहरुबाट १/१ जना महिला प्रतिनिधि सहभागी हुनुभएको थियो |

कार्यक्रममा CAN का उपाध्यक्ष तथा ICT बिज्ञ रोमकान्त पाण्डे, ICT बिज्ञ सुलोभ कुमार श्रेष्ठ, Maxtech का प्रतिनिधि सुवास न्यौपानेले ICT को उपयोगिता, महत्त्व र यसको प्रयोगले हुने फाईदा को बारेमा सहभागीहरुलाई बिस्तृत रूपमा जानकारी गराउनु भएको थियो | अझै पनि हाम्रो समाजका महिलाहरुले ICT बाट बन्चित हुनु परेको, ICT को उपयोग पुरुषले सरह गर्न नपाएको तर अबसर प्राप्त भएमा महिलाहरु पनि प्रबिधीमैत्री बाताबरणसंगै अगाडी बढ्न सक्ने पा.न.पा. का उप प्रमुख पम्फा बसेलले बताउनु भयो |

त्यसै गरी प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतिले ICT को प्रयोग गर्न जानेमा मात्र धेरै कामहरु गर्न सहज हुने र रोजगारीमा पनि यसले सकारात्मक प्रभाव पार्ने बताउनु भयो | सहभागीबाट वडा नं. २ का कार्यपालिका सदस्य पार्वती नेपालीले महिलाहरु खाली चुलो चौकामा मात्र सिमित भएर ICT संग त्यति नजिक हुननसकेको बताउनुभयो |

कार्यक्रमका सहभागीहरुले अत्यन्त उत्सुकताको साथ ICT को बारेमा प्रश्न सोधी बृहत छलफल गर्नु भयो ।

साथै आगमी दिनहरुमा समेत यस्तै सुचना प्रबिधिमैत्री कार्यक्रम गरी नयाँ नयाँ प्रबिधिसङ्ग महिलाहरुको सहज पहुच ब्यबस्था गरिदिनु हुन आग्रह समेत गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्