- ADVERTISEMENT -

लुम्बिनी भ्रमण वर्ष ०७६/०७७ कार्यक्रम सार्वजनिक

April 6, 2019
976
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ चैत्र २०७५ । बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष ०७६/०७७ कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षा गरिएको छ । लुम्बिनी भ्रमण वर्ष ०७६/०७७ मूल समितिको बुटवलमा बसेको बैठकले प्रदेश सरकारका तर्फबाट तयार गरिएको भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी स्वीकार गरेको छ ।

यस्तै भ्रमण वर्ष सञ्चालनका लागि मूल समितिले स्वीकार गरेका सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि कार्यकारी समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्नेसमेत निर्णय गरेको छ । कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी रहनु हुनेछ । यस्तै भ्रमण वर्षको मूल समितिमा विभिन्न क्षेत्रका विज्ञ, समाजका प्रतिष्ठित र साहित्यिक क्षेत्रका २१ व्यक्तिलाई थप गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार लुम्बिनीमा वार्षिक करीब १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आएका छन् । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मूल समितिका अध्यक्ष शङ्कर पोखरेलले लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रमा अहिलेसम्म व्यावसायिक रुपले आकर्षित गर्ने योजना बन्न नसक्नु एवं स्थानीय समुदायलाई पर्यटनमैत्री बनाउन नसक्दा लुम्बिनीमा पर्यटकीय विकास तथा प्रभाव स्थापित हुन नसकेको बताए ।

उनले भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले ऐतिहासिक सम्पदाको उचित ढङ्गले संरक्षण हुन नसक्दा नष्ट हुँदै गइरहेकाले भ्रमण वर्षले महत्वपूर्ण सम्पदालाई आफ्नो सम्पत्तिका रुपमा संरक्षण गर्ने विषय स्थापित गर्न सक्नुपर्ने बताए ।

उनले नेपालमा अझै पनि भ्रमण संस्कृतिको विकास हुन नसकेको चर्चा गर्दै सम्पदालाई पर्यटकीय प्रवद्र्धनसँग जोड्ने विषयमा देखिएको कमजोर अवस्थामा सुधार ल्याउन सक्नुपन बताए । भ्रमण वर्ष ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरु गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने जनाइएको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । उनले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रुपमा योजनाबद्ध रुपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने बताए । विश्व शान्तिको प्रतीक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -