२०८३ जेठ ३, आइतबार
५:५९:५७ बेलुका
- ADVERTISEMENT -

आँधी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली, अस्पताल पुगेर घाइतेसँग भेट

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

1009
Shares

बारा, चैत १८

प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको हो ।

प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आउनुभएको हो । आँधी प्रभावित क्षेत्रमा आइपुगेलगत्तै प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -