२०८३ जेठ ३, आइतबार
५:५७:२९ बेलुका
- ADVERTISEMENT -

आजबाट पोखरामा प्याराग्लाइडिङ उडान बन्द

प्रकाशित मिति: २०७५ फागुन २२, बुधबार

1121
Shares

पोखरा, फागुन २२ । आजबाट पोखरामा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ।

पोखरामा रहेका प्यारग्लाइडिङ कम्पनीहरुले २०७१ साल देखि स्थानीय निकायलाई तोकिएको राजश्व नतिरेकाले आनदेखि पोखरामा प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताएका छन्।

पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा हाल संचालनमा रहेका प्याराग्लाइडिङ कम्पनीहरु मध्य हालसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीले बाहेक अन्य कम्पनीहरुले शुल्क नतिरेको बताएका छन्।

आर्थिक बर्ष २०७५-०७६ मा स्थानीय तहले तोकेको वार्षिक पर्यटन शुल्क एक लाख र २५ हजार राजश्व तिर्नुपर्ने प्रावधान छ तर अधिकाशं कम्पनीहरुले उक्त शुल्क तिरेका छैनन्।

त्यस्तै पोखरामा तीन दिनयता प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान पनि बन्द गरेको छ।

विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै आज अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ। यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए। विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -