२०८३ जेठ ३, आइतबार
६:०३:१२ बेलुका
- ADVERTISEMENT -

पर्यदकीय गाउँ बन्दीपुरमा पर्यटक प्रहरी राखिँदै

प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार

1938
Shares

दमौली, फागुन २१

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो ।

गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट अस्थायीरूपमा तीन पर्यटक प्रहरी खटाइएकामा अब मन्त्रालयबाट नै पर्यटक प्रहरीको दरबन्दी सिर्जना गरी खटाउन लागिएको पर्यटक प्रहरी काठमाडौँका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दीपुरमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई सहज वातावरण निर्माणका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा आठ पर्यटक प्रहरी खटाइन लागिएको छ ।

आन्तरिक पर्यटकको सुरक्षालगायतको व्यवस्था स्थानीय प्रहरीले नै गर्ने भए पनि विदेशी पर्यटकका लागि पर्यटक प्रहरी आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय प्रहरीमा भाषागत समस्या हुने र विदेशी पर्यटकले स्थानीय प्रहरीलाई सहजरूपमा आफ्नो कुरा भन्न पनि नसक्ने अवस्था भएकाले विदेशी भाषामा दक्षता भएका पर्यटक प्रहरी खटाइनेछ ।”

पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकलाई विभिन्न भाषामा समन्वय गर्ने, पर्यटकको गुनासो सुन्ने र उनीहरूबाट आएको उजुरी र निवेदनमाथि छानबिन गरी कारवाहीको प्रक्रिया थाल्ने, पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था मिलाउने, होटल, ट्राभल, ट्रेकिङ र र्याफ्टिङ एजेन्सीको निरीक्षण र अनुगमन गर्ने तथा पर्यटकको विरुद्धमा व्यवसायीबाट आएको गुनासो सुन्नेलगायतका काम गर्नेछन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले स्थानीय तह, स्थानीय जनता र व्यवसायीले बन्दीपुरमा रहेका स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर भनेकै पर्यटनले चिनिएको हुँदा यहाँको पर्यटन विकासका लागि गाउँपालिका जस्तोसुकै योगदान गर्न तयार रहेको बताउनुभयो । उहाँले पर्यटक प्रहरीलाई नागरिक र व्यवसायीबाट सहयोग हुनुपर्ने भन्दै गाउँपालिकाको तर्फबाट समेत सक्दो सहयोग गरिने बताउनुभयो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंश गुरुङले पर्यटनले मात्र बन्दीपुरको समृद्धि सम्भव भएको भन्दै पर्यटक प्रहरीको स्थापनापछि बन्दीपुर घुम्न आउने पर्यटकले सुरक्षित महसुस गर्ने बताउनुभयो । बन्दीपुरमा वार्षिक पचास हजार बढी विदेशी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -