२०८३ जेठ ५, मंगलबार
३:४९:२० राति
- ADVERTISEMENT -

स्व आङछिरिङ शेर्पा नेपालकै शक्तिशाली पर्यटन व्यवसायी

प्रकाशित मिति: २०७५ फागुन १८, शनिबार

1422
Shares

काठमाडौं, १८ फागुन २०७५ । नेपाली पर्यटन क्षेत्रमा भरियाको रुपमा छिरेका आङछिरिङ शेर्पा नेपालकै शक्तिशाली पर्यटन व्यवसायीमा दर्ज भएका थिए । झण्डै ५० अर्ब बढि पर्यटन क्षेत्रमा लगानी गरेर हजारौंलाई रोजगारी दिएका थिए शेर्पाले । पर्यटन क्षेत्रबाटै मुलुकको आर्थिक विकास गर्न सकिने संकल्प लिएका शेर्पाको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

सोलुखुम्बुको खरीखोलामा जन्मिएका आङछिरिङ शेर्पा पर्यटन व्यवसायका ‘पायोनियर’ नै मानिन्छन् । पर्यटन व्यवसायमा जम्नुअघि ठूलै संघर्ष गरेका शेर्पाले ट्रेकिङ क्षेत्रमा भरिया र किचेन ब्वाइका रुपमा गरे । सन् १९९० पछि पर्यटन व्यवसायीको रुपमा उदाउँदै त्यसयता नेपालकै शक्तिशाली पर्यटन व्यवसायीमा दरिएका थिए आङछिरिङ ।

हवाई व्यवसायका ‘गेम मेकर’
नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ को रुपमा उदाएका शेर्पा बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा परी यस संसारबाट विदा भए । यति एयरलाइन्स, तारा एयरलाइन्स र पछिल्लो पटक हिमालय एयरलाइन्समा शेर्पाको लगानी छ । ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि व्यवसायी शेर्पाको साझेदारी थियो ।
ट्राभलदेखि रिसोर्टसम्म लगानी
उडड्यन व्यवसायमा मात्र होइन उनले होटल, ट्राभल, रिसोर्टमा समेत लगानी गरेका छन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्ट, थामसेर्कु ट्रेकिङ, नाम्चेमा यति माउन्टेन होम्सदेखि झापामा बन्दै गरेको होटल मेची क्राउनमा समेत उनको लगानी छ । शेर्पाले हिमाली क्षेत्र मुस्ताङ, नाम्चेदेखि पोखरा र पूर्वसम्ममा होटल तथा रिसोर्ट स्थापना गरिसकेका थिए । नेपाली पर्यटन क्षेत्रलाई उचाई दिन सफल भएका व्यवसायी शेर्पाको मुलुकप्रतिको योगदान अतुलनिय रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाई छ ।

१५ वटा जहाज सञ्चालनमा
शेर्पाको परिवारमा भएको यो तेस्रो ठुलो दुर्घटना पनि हो । २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा उद्धारमा जाँदा सोलुखुम्बुको बासामा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो । भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भयो ।

सन् १९९८ मा शेर्पा दाजुभाई मिलेर यति एयरलाइन्स स्थापना गरे । सन् १९९८ को सेप्टेम्बरमा यतिको ट्विनअटर जहाजले व्यावसायिक उडान ग¥यो । यति एयरलाइन्सको उडानले उचाई लिइरहेको समयमा आङछिरिङले सन् २००९ मा तारा एयरको अर्काे एयरलाइन्स कम्पनी पनि स्थापना गरे । यति एयरसँग ३ एटिआर र ६ जेटस्ट्रिम गरी ९ वटा जहाज छन् । तारा एयरसँग ६ वटा जहाज छन् । दुवै कम्पनीको जोड्दा आङछिरिङको स्वामित्वमा आन्तरिक उडानतर्फ १५ वटा जहाज सञ्चालन हुँदै आएका छन् । यी जहाजले दैनिक ६० उडान गर्छन् । सन् २०१४ मा नेपाल चीन संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्समा पनि शेर्पाको लगानी छ । शेर्पालाई पर्यटनमा आफु अनुकुल नीति बनाउने गरेको आरोप पनि नलागेको होइन् ।

खासगरि पर्यटन मन्त्रालय, नेपाल नागरिक उडड्यन प्राधिकरण र लुम्बिनी विकास कोषमा उनको निर्णय लागू हुने आरोप उनी माथी थियो । तर नेपाली पर्यटन क्षेत्रमा शेर्पाले पु¥याएको योगदानको उच्च कदर राज्यले गर्र्नैपर्ने होटल संघ नेपालका महासचिव विनायक शाहको ठम्याई छ ।

पर्यटन क्षेत्रमा ५० अर्बमाथिको लगानी
नेपालको पर्यटन क्षेत्रमा शेर्पाको लगानी कति छ भनेर यकिन गर्न गाह्रो हुने उनका समकक्षीहरु बताउँछन् । उनका लगानी यत्रतत्र भएकोले ५० अर्बभन्दा माथि हुन सक्ने आशंका पनि छ । शेर्पा पर्यटन क्षेत्रमा एक योद्धा भएकोले नेपालको पर्यटनमा नयाँ आइडिया ल्याउने र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने आँट उनमा थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै दुर्घटनामा परेका शेर्पा पर्यटन क्षेत्रमा आशाको दियो भएपनि उनि लामो समय भने रहन सकेनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -