पोखरा, फागुन १७

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिनुभएको हो ।

शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहनुभएका नेकपाका नेता धनराज आचार्यले उहाँको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिनुभयो।

‘उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो’, आचार्यले भन्नुभयो, ‘किरियाकर्म सात दिन हनुपर्छ भन्ने अभियानमै हुनुहुन्थ्यो, सोही अनुसार अब उहाँको काजकिरिया चार दिनेमै सकिने छ।’ अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ।

२१ गते उहाँको किरियाकर्म सकिने छ। मन्त्री अधिकारीलाई आजै हजारौंको उपस्थितिमा शवयात्रा सहित श्रद्धाञ्जलीका लागि राखिएको प्रदर्शनी केन्द्रबाट महेनद्रपुल हुँदै रामघाट पुर्याइ अन्त्येष्टि गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्