- ADVERTISEMENT -
- ADVERTISEMENT -

सडकमै चालकको आँखा परिक्षण

March 1, 2019
1314
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, १७ फागुन २०७५ । गोरखाका सवारी चालक आँखा परिक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्युनीकरणका लागि सडकमै सवारी चालकहरुको आँखा परिक्षण गरिएको हो । ‘लगातार सवारी साधन सवारी चलाउदा चालकको आँखामा दृष्ट्रि कम हुने संभावना हुन्छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने ‘हामीले उहाँलेहरुको आँखासँगै शरिरको सामान्य जाँच समेत गरिएको छौं ।’ सोही अनुरुप रक्तचाप, मुटुको धड्कन लगायतको समेत परिक्षण गरिएको हो ।

पृथ्वी राजमार्ग अन्र्तगतको गोरखा आँबुखैरेनी सडक खण्डमा पर्ने मझुवा देउरालीमा गाडी रोकेर चालकहरुको आँखा परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जानकारी दिएको छ । बिहीबार दिनभर गरिएको चेकजाँचका क्रममा १ सय २ जना सवारी चालकहरुको स्वास्थ परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

स्वास्थ परिक्षण गरिएका मध्ये १५ जनामा उच्च रक्तचाप र ५ जना सवारी चालकहरुमा आँखाको भिजन कम देखिएको छ । ‘स्वास्थ परिक्षणका क्रममा १५ जनामा उच्च रक्तचाप भएको पाइएकाले बिशेषज्ञ चिकित्सकहरु संग थप स्वास्थ परिक्षण गराउन तथा व्यायम गर्न सुझाव दिएका छौं’ उनले भने ‘आँखाको भिजन कम भएकाहरुलाई पनि बेलैमा उपचार गराउने चिकित्सकहरुले सल्लाह दिनुभएको छ ।’

लामो दुरीमा सवारी चलाउदा उच्च रक्तचाप हुने चालकहरुलाई रिङटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या हुने भएकाले चालक अस्वस्थ हुदा दुर्घटनाको जोखिम बढि हुनेहँुदा स्वास्थ परिक्षण गरिएको पौडेलको भनाई छ । जिल्ला ट्राफिक प्रहरीले गोरखा नगरपालिका वडा नम्बर १३ को समन्वय र प्रस्तावित लायन्स आँखा अस्पताल गोरखाको सहयोगमा उक्त चेकजाँच गरिएको हो ।

सो क्रममा लायन्स आँखा अस्पताल गोरखाका नेत्र सहायक बिशाल ढकाल र गोरखा नगरपालिका १३ का स्वास्थचौकीका प्रमुख हिरामान बस्नेत नेतृत्वमा ३ जना स्वास्थकर्मीहरुले सवारी चालकहरुको स्वास्थ परिक्षण गरेको पौडेलले बताए । जिल्ला प्रहरी कार्यालयले सेवासँगै सचेतना मुलक कार्यक्रमलाई पनि जोड दिदैं आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -