२०८३ जेठ ३, आइतबार
५:१०:५० बेलुका
- ADVERTISEMENT -

सस्थापक सदस्यहरुलाई सम्मान एव स्थानिय सरकार र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रम गरी ६४ औं स्थापना दिवस समापन

प्रकाशित मिति: २०७५ चैत १७, आइतबार

1156
Shares

गोरखा, १७ चैत्र २०७५ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस आज गोरखामा पनि मनाइएको छ । दिवसको अबसरमा महासंघ गोरखा शाखाको आयोजनामा जिल्लाका सस्थापक सदस्यहरुलाई सम्मान एव स्थानिय सरकार र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि बिपुल पोखरेलले स्थानिय सरकारले बनाउने निति सञ्चार मैत्री हुनुपर्नेमा जोड दिनुभयो । पोखरेलले लोकतन्त्रको दिगो बिकासका लागि पनि स्थानियतहले सञ्चार माध्यमको प्रर्बद्धन गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो ।

नेपाली पत्रकारिता जगतले लेखेर मात्र नभई आबश्यकता परेका बेला सडकमै उत्रिएर समेत लोकतन्त्रको रक्षाका लागि भूमिका निर्वाह गरेको स्मरण गराउदै प्रमुख अतिथि पोखरेलले त्यसलाई नविर्सन सवैलाई आग्रह समेत गर्नुभयो । उपाध्यक्ष पोखरलले पत्रकारिता क्षेत्रले सरकारका नराम्रा कामहरुको समाचार बनाई दिदा सकारात्मक बाटो हिड्न मद्दत पुग्ने भन्दै आलोचनालाई ग्रहण गर्न सकेमात्र गलतबाटो बाट सहि बाटोमा हिड्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा गोरखा नगरपालिका गोरखामा मेयर राजनराज पन्तले नगरपालिकाले जिल्ला भित्रका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रले सकारात्मक र नकारात्मक सवै काम उठाउन सक्नुपर्ने भन्दै कुनै बिचार वा आस्थाका आधारमा कसैलाई बिभेद गर्न नहुनेमा जोड दिनुभयो । मेयर पन्तले संघियताको पूर्ण कार्यान्वयनका लागि पत्रकारिता क्षेत्र महत्वपूर्ण भूमिका हुने भएकाले संघ र प्रदेशले स्थानिय सरकारको अधिकार माथी हस्तक्षेत्र गरे नगरको बिषयलाई उठाउन गरीदिन समेत सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले संघ र प्रदेशमा सरकारको प्रतिपक्ष भएपनि स्थानिय सरकारको प्रतिपक्ष नभएकाले नेपाली पत्रकारिता जगतले स्थानिय सरकारको सकारात्मक प्रतिपक्षको भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । उहाँले बदलिदो परिस्थितीमा अहिले नेपाली पत्रकारिता जगतले ६ सय ६१ वटा सरकारका सकारात्मक र नकारात्मक कुरालाई उठाउनु पर्ने भएकाले पत्रकारहरुले आफ्नो क्षमता अभिबद्धिमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा शाखा स्थापना कालमा संस्थापक सदस्यहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।शाखाले जिल्ला भित्र रहेको स्थानिय निकाय संग ‘स्थानिय निकाय र मिडिया’ बिषयक अन्रतक्रिया कार्यक्रम राखेको भएता पनि कार्यक्रममा गोरखा नगरपालिकाका जन प्रतिनिधी बाहेक कोही पनि उपस्थित भएनन । कार्यक्रममा शाखाका उपाध्यक्ष अनुपमा खनाललाई तुलसी पत्रकारीता पुरस्कार बाट सम्मान गरीएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -