- ADVERTISEMENT -
- ADVERTISEMENT -

गण्डकीमा ३६ वटा नमुना कृषि गाउँ घोषणा

March 26, 2019
1506
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, १२ चैत्र २०७५ । एक निर्वाचन क्षेत्र एक नमुना कृषि गाउँ’काे रुपमा विकास गर्ने गरी १० चैतमा तनहुँको भिमाद–९ पाथर्दीबाट कार्यक्रम शुरु गरिएको हो ।

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ काे नाममा कार्यक्रम शुरु गरिएको गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा वातावरणमैत्री कृषि फार्म सञ्चालन गरिनेछ ।

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षमा उत्पादन दोब्बर बनाउने उद्देश्य अनुसार कार्यक्रम ल्याएको बताए । गण्डकी प्रदेशमा १४ प्रतिशत मानिस गरीबीको रेखामुनि रहेको भन्दै उनले भने “५ बर्षमा यो संख्या आधा घट्छ ।”

नमुना कृषि गाउँ बनाउनका लागि प्रत्येक गाउँलाई ३० लाखका दरले रु‍ १० करोड ८० लाख विनियोजन गरिएको छ ।

प्रदेशले कृषि सहकारी र कृषक समूहमार्फत वातावरणमैत्री र व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याएको आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

उनले कृषिको व्यवसायिकता मात्र नभई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न नमुना कृषि गाउँ कार्यक्रमले सघाउ पुर्‍याउने दाबी समेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -