२०८३ जेठ ३, आइतबार
५:३६:५३ बेलुका
- ADVERTISEMENT -

उत्तर फर्के हिमाल, दक्षिण हेरे फाँट, पहाडकी रानी – इच्छाकामना गाउँ

प्रकाशित मिति: २०७५ चैत १०, आइतबार

1251
Shares

इच्छाकामना, १० चैत्र २०७५ । त्रिशूली नदीको काखमा अवस्थित छ इच्छाकामना गाउँपालिका । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना पहाडी भूगोल भएको कारणले भिन्न छ ।

जिल्लाका बाँकी स्थानीय तह प्रायः समथर भूभाग पर्छन् । त्यसैले धेरैले चितवन भन्ने वित्तिकै सम्म भन्ने बुझ्छन् । तर, आममानिसको बुझाइ भन्दा फरक रहेको इच्छाकामना पहाडी भूगोल भए पनि निकै सुन्दर छ ।

पहाडकी रानी इच्छाकामना भौगोलिक हिसाबले केही उच्च भागहरु विकट रहे पनि हेर्न, घुम्न मनमोहक छ ।

यस गाउँपालिकाको आकर्षक पर्यटकीय स्थलहरुलाई संरक्षण, प्रचारप्रसार गरी पर्यटक भित्रयाउने अभियानमा लागिरहेका छौं, गाउँपालिका अध्यक्ष गीता गुरूङले भनिन्,‘सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउँदै गर्दा हजारौँ पर्यटकहरु हाम्रो गाउँपालिकाका विभिन्न ठाउँहरु घुमेर आनन्द लिनेमा हामी विश्वस्त छौँ ।’

चितवनका विभिन्न पर्यटकीय गन्तव्यहरुसँग मिलाएर प्याकेज बनाइ पहाडका गन्तव्य प्रचारप्रसार गर्न सकिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी बताउँछन् । ‘घुम्न, हेर्न लायकका ठाउँहरु पहाडमा पनि छन्, जहाँ पुगेपछि पाइने स्वच्छ सफा वातावरणले मनै आनन्दित हुन्छ, प्रमुख डल्लाकोटीले भने,‘पहाडको विकासका लागि पनि पर्यटकीय गतिविधिमा प्राथमिकता दिनु आवश्यक छ ।’

पर्यटकीय गन्तव्य

इच्छाकामना गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यमा उच्च भाग सिराइचुली (१९२५ मिटर), पूरानो सदरमुकाम उपरदाङगढी, धार्मिकस्थल इच्छाकामना मन्दिर, जलवीरेको लामो झरना आदि रहेका छन् । प्रसिद्ध धार्मिकस्थल मनकामनाका सात दिदीबहिनीमध्येकी एक मानिने इच्छाकामना मन्दिरको पुनर्निर्माण गर्न लागिएको प्रमुख गुरूङले बताइन् ।

प्रमुख गुरूङका अनुसार सिराइचुली जाने बाटोमा सिँढी निर्माण र व्यवस्थित गरिनेछ । चुलीमा भ्यू टावर समेत निर्माण गरिने उनले बताइन् । चुली यस्तो ठाउँ हो जहाँबाट उत्तर हेरे हिमाल र दक्षिण हेरे तराइका फाँटहरु देख्न सकिन्छ ।

त्यस्तै जलवीरेबाट लामो झरनासम्म बाटो कालोपत्रे गरिने, उपरदाङगढीको संरक्षण र विकास गरिने भएको छ । यसै गाउँबाट उत्तरतर्फ हिमालको अवलोकन गर्न सकिन्छ । त्यतिमात्रै जातीय विविधता रहेको यस गाउँपालिकामा चेपाङ, गुरूङ जातिको पनि विशेष सांस्कृतिक जीवन गाथा बुझ्न हेर्न सकिने गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठले बताए ।

नपालकै पहिलो केबलकार मनकामना केबलकार पनि यसै गाउँपालिकाको चेरेसबाट सञ्चालनमा छ । त्रिशूलीमा हुने ¥याफटिङबाट थुप्रै पर्यटकीय गतिविधिहरु सञ्चालन गर्न सकिने ¥याफटिङ सञ्चालक कमल ठकुरी बताउँछन् ।

आकर्षक दृश्यावलोकन

सिराइचुलीबाट चितवनको टाँडी बजार हेर्न सकिन्छ । साथै गोरखा, धादिङ, तनहुँको विभिन्न भागहरु देखिन्छ । यसै ठाउँबाट उत्तर गोरखातर्फ हिम श्रृृङखला देख्न सकिन्छ । रातको समयमा चितवनका विभिन्न बजारहरु झिलीमिली देख्न सकिन्छ । साथै सूर्योदय र सूर्यास्तको राम्रो अवलोकनसमेत गर्न सकिने गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकारीले बताए । यस गाउँपालिकामा हुने विभिन्न कृषि उत्पादन (सुन्तला, अलँैची, कफी) को पनि अध्ययन अवलोकन गर्न सकिने उनले बताए ।

पहाडमा सडक सुविधा

सडक सुविधाको हिसाबले हेर्दा संघीय राजधानीबाट इच्छाकामना गाउँपालिकाकै मुग्लिनबाट अर्को पर्यटकीय गन्तव्य पोखरा र सौराहाका लागि छुटिन सकिन्छ । प्रायः पर्यटकीय गन्तव्यमा सडक सुविधा पुगेको छ । गढी, लामोझरना, इच्छाकामना मन्दिरमा सडक सञ्जाल पुगेको छ । चुलीसम्म पुग्न भने हुग्दीखोलाबाट मोटरमा हात्तीबाङसम्म पुगेर सिढीबाटो उकालो हिड्नुपर्ने हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -