२०८३ जेठ ५, मंगलबार
३:२०:२३ राति
- ADVERTISEMENT -

अजिरकोट गाउँ कार्यपालिकाको कार्यालयको (प्रेस बिज्ञप्ति )

प्रकाशित मिति: २०७५ चैत २, शनिबार

2892
Shares

गोरखा, २०७५ साल चैत्र २ गते शनिबार । अजिरकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले एक बिज्ञपति जारी गरी अजिरकोट “गाउँपालिकाको केन्द्रिय प्रशासनिक भबन बनाउने” विषयलाई लिएर भ्रम सृजना गराएकोमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

अजिरकोट “गाउँपालिकाको केन्द्रिय प्रशासनिक भबन बनाउने” विषयलाई तोड मोड गरी “अजिरकोट गाउँपालिकाको केन्द्र सार्न खोजेको” भन्ने जस्ता तथ्यहिन आधारहिन समाचार सम्प्रेषण गरी आम स्थानिय बासिन्दालाई गलत सूचना सम्प्रेषण भएको हुँदा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

केही सञ्चार माध्यमहरुले सत्य,तथ्य आधिकारिक ब्याक्तित्वसंग छलफल\कुराकानी नै नगरी नभएको भ्रम हल्लाको भरमा समस्त अजिरकोटबासीहरुलाई अफवाह फैलाउने किसिमले अजिरकोट गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्नेजस्ता तथ्यहिन आधारहिन समाचार सम्प्रेषण गरी आम स्थानिय बासिन्दालाई गलत सूचना सम्प्रेषण भएको हुँदा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थानिय सरकारको केन्द्रिय प्रशासनिक भवन बनाउने जस्तो गम्भीर विषय नीति नियम, कानुनी विधि प्रक्रियाभन्दा बाहिर गएर स्थानिय सरकारले निर्णय नगर्ने भएको हुँदा सम्बन्धित निकायसंग वास्तविक कुरा नबुझि सत्य, तथ्य नबुझि भ्रम पुर्ण समाचार\सुचना सम्प्रेषण नगर्न\नगराउन र हल्लाको पछाडि नलाग्न गाउँपालिकाले एक बिज्ञप्ति सहित सम्पुर्णमा आग्रह समेत गरेको छ ।

अजिरकोट गाउँपालिकाका अध्यक्ष फरिन्द्र प्रसाद धितालले केन्द्रिय प्रशासनिक भवन निर्माणार्थ जग्गा प्राप्त गर्नका लागि काम कारबाही प्रक्रिया अघि बढी रहेको जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिकाको एकतिसौ बैठक २०७५ साल मंसिर ९ गते आइतबारका दिन बसेको बैठकले अजिरकोट गाउँपालिका वडा न ३ साबिकको हंसपुर गा बि स वडा न ४ कित्ता न ९१५ को ५२ रोपनी क्षेत्रफल भएको नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा माग गर्ने निर्णय गरी रणसिह दल गण, गोर्खा मार्फत नेपाली सेना र रक्षा मन्त्रालयलाई अनुरोध गरी पत्राचार समेत गरिएको थियो तर नेपाली सेनाबाट जग्गा उपलब्ध गराउने वा नगराउने बिषयमा स्प्रष्ट लिखित रुपमा जावाफ नदिइकन मौखिक रुपमा दिन नसक्ने व्यहोरा अवगत गराएको थियो ।

त्यसैगरी, अजिरकोट गाउँपालिकाको तेतिसौ बैठक २०७५ साल माघ ११ गते शुक्रबारका दिन बसेको बैठकले पूर्वतर्फ़ अजिरकोट गाउँपालिका वडा न ५ (मुच्चोक) को सिमा, पश्चिमतर्फ़ नेपाली सेनाको धेराबार बाट १०० मिटर सम्मको दुरी, उत्तरतर्फ़ नम्की र दक्षिणतर्फ़ अजिरकोट कालिका मन्दिर भित्र लाई चार किल्ला बाधी प्लट मिलेको भवन निर्माण गर्न मिल्ने गरी न्युनतम १५ रोपनी निजी जग्गा दान, दतब्य, चन्दा, उपहार तथा नि:शुल्क रुपमा दिन इच्छुक ब्यक्ति वा विभिन्न संघ-सस्थालाई १५ दिनका लागि सुचना आव्हान गर्ने निर्णय भए अनुसार जारी गरिएको सुचनाको म्याद भित्र अजिरकोट गाउँपालिका वडा न ३ स्थित नम्की र अजिरकोट डाडाबाट १५\१५ रोपनी जग्गा
नि :शुल्क दिने निबेदन ३ थान प्राप्त भएको र उक्त ३ ठाउको जग्गा अध्ययन गरी उपयुक्त जग्गा सिफारिस गर्न २०७५ साल फागुन १ गते बुधबारका दिन अजिरकोट गाउँ कार्यपालिकाको पैतीसौ बैठकले अजिरकोट गाउँ कार्यपालिका, पूर्वाधार बिकास समितिको संयोजकमा जग बहादुर गुरुङको संयोजकत्वमा सबै वडाका वडा अध्यक्ष सहित ६ सदस्सीय अध्ययन तथा सिफारिस समिति गठन गरिसकिएको छ ।

त्यसैगरी, अजिरकोट गाउँपालिकाको २०७५ साल फागुन ४ गतेका दिन हाल यस गाउँपालिकाको कार्यालय भाडामा बसेको घर संगैको काफल डाडा मान्द्रे सामुदायीक बन उपभोक्ता समूहबाट अजिरकोट गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि कित्ता न ७ को जग्गा मध्येबाट गाउँपालिकालाई आवश्यक पर्ने १५ देखि १७ रोपनी जग्गा उपलब्ध गराउने भनी १४२ जनाको हस्ताक्क्षर सहितको निबेदन प्राप्त हुन् आएको छ ।

त्यसैगरी, अजिरकोट गाउँपालिकाको सैतिसौ बैठक २०७५ साल फागुन २८ गते मंगलबारका दिन बसेको बैठकले जग्गा अध्ययन तथा सिफारिस समितिलाई १५ दिन भित्र आफ्नो प्रतिबेदन पेश गर्न निर्देशन समेत गरिएको जानकारी सहित मिति २०७५ साल फागुन ३० गते बिहिबारका दिन अजिरकोट गाउँपालिकाका अध्यक्ष फरिन्द्र प्रसाद धितालद्वारा हस्ताक्क्षर गरिएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -