k|b]z g+ $ sf] oxL df3 @@ ut] x'g] klxnf] k|b]z;ef a}7snfO{ nlIft ub}{ tof/ ul/Psf] a}7s ejg . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा, ७ फागुन २०७५ । गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिए ।

सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ ।
सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी आजको छलफलमा मन्त्री लम्सालका अनुसार सङ्घीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय सम्भावना यस क्षेत्रमा छन् ।

सङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्ना ठाउँबाट पहल र प्रचार प्रसार गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री लम्सालले भने, ‘राज्यले प्रमुख दायित्व पूरा गर्छ, निजी क्षेत्र पनि सहायक भूमिका निर्वाह गरेर अगाडि बढ्नुहोस् ।’ सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै पर्यटन उद्योग फस्टाउन सक्ने उहाँको धारणा थियो ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षबाट पर्यटन विकासमा टेवा पु¥याएर जीविकोपार्जन र आयआर्जनका अवसर वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो । गण्डकी प्रदेशको प्रकृति, संस्कृतिसहित साहसिक खेल प्रतिविम्ब हुने गरी तयार गरिएको मस्यौदा प्रतीकचिह्न सार्वजनिक गर्दै आवश्यक सुझाव मागिएको छ । प्रतीकचिह्नमा ‘फर नेचर, कल्चर र एडभेन्चर’(प्रकृति, संस्कृति र साहसका लागि’ नारा जोडिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस हुने गरी कार्ययोजना बनाउनुपर्ने बताउँदै सबै जिल्लाका ८५ वटै स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए । छलफल कार्यक्रममा पर्यटन वर्षको औचित्य, लक्ष्य, उद्देश्य र कार्ययोजनाका बारेमा मस्यौदा समितिका संयोजक एवं नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया र मन्त्रालयका प्रवक्ता दिवाकर पौडलले जानाकारी दिएका थिए ।

प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य र त्यसका विशेषता झल्कने गरी तयार गरिएको पर्यटकीय गन्तव्यको पाश्वचित्रसमेत प्रस्तुत गरी आवश्यक रायसल्लाह मागिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्