- ADVERTISEMENT -

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ

February 17, 2019
876
Shares
- ADVERTISEMENT -

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । ‘अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन’, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।’

- ADVERTISEMENT -

Advertisement

अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले जानकारी दिए ।

पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छाडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । निमित्त प्रमुख कट्टेलले प्राविधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताए ।

ठाउँ अभावका कारण निर्माण सामग्री ल्याएर राख्नसमेत समस्या भएको र निर्माण सामग्री कमी हँुदा एकैपटक सबै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाइ भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले बताए ।

जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दीभन्दा केही पछि रहेको ढुङ्गामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्योलता रहेको उनले बताए । पुरातत्व विभागले २०७६ पुसभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिर्माण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -